सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेको बनेपामा एमालेद्वारा शपथग्रहण बहिष्कार

काभ्रेको बनेपामा एमालेद्वारा शपथग्रहण बहिष्कार

20175
Shares
काभ्रेको बनेपामा एमालेद्वारा शपथग्रहण बहिष्कार

काभ्रेमा एमालेका नव निर्वाचित जनप्रतिनिधिहरूले सपथ बहिष्कार गरेका छन् ।

बनेपा नगरपालिकाभित्रका नव निर्वाचित जनप्रतिनिधहरुको सपथ ग्रहण कार्यक्रम आज राखिएको थियो । तर कार्यक्रममा एमालेबाट निर्वाचित जनप्रतिनिधि अनुपस्थित भएका हुन् ।

बनेपा पार्टी भेन्यूमा आज आयोजित कार्यक्रम उनीहरुले बहिष्कार गरेका हुन् ।

नगरपालिकाका निर्वाचित उपमेयर सहित बहुमत जनप्रतिनिधि हरूले सपथ कार्यक्रम बहिस्कार गरेका हुन् ।

नगरपालिकाको ‘ठूलो दल’को रुपमा आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरिएकाले बहिष्कार गरेको नवनिर्वाचित उपप्रमुख विमला सापकोटा दाहालले जानकारी दिइन् ।

१४ वडा रहेको बनेपामा एमालेका उपप्रमुख, ७ वडाअध्यक्षसहित ३८ जनप्रतिनिधि निर्वाचित भएका छन् ।

20175
Shares

ट्रेन्डिङ