सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रे:पाँचखालको मेयरमा महेश खरेलको अग्रता कायमै

काभ्रे:पाँचखालको मेयरमा महेश खरेलको अग्रता कायमै

10005
Shares
काभ्रे:पाँचखालको मेयरमा महेश खरेलको अग्रता कायमै

काभ्रेको पाँचखाल नगरपालिकामा महेश खरेलले अग्रता कायमै राखेका छन् ।उनी गठबन्धनतर्फ नेपाली कांग्रेसकाबाटका उम्मेदवार हुन् ।

१३ मध्ये १० वटा वडाको मतगणना परिणामअनुसार उनले ११ हजार १५६ मत प्राप्त गरेका छन् ।उनको  निकटमत प्रतिस्पर्धी नेकपा एमालेका कञ्चन अधिकारीले ७ हजार ७८ मत प्राप्त गरेका छन्।

त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका चेतप्रसाद गौतमले ८ हजार १ सय ६५ मत प्राप्त गरेका छन्, भने एमालेका सूर्यमाया दनुवारले ८ हजार ८३ मत प्राप्त गरेकी छिन् ।

१३ वटा वडा रहेको पाँचखालमा ३ वडाको  मतगणना जारी छ।

 

 

10005
Shares

ट्रेन्डिङ