सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बनेपालाई डुबान र धुलोमुक्त बनाउन भोलीदेखी काम सुरु हुन्छ : नगर प्रमुख शाक्य

बनेपालाई डुबान र धुलोमुक्त बनाउन भोलीदेखी काम सुरु हुन्छ : नगर प्रमुख शाक्य

19335
Shares
बनेपालाई डुबान र धुलोमुक्त बनाउन भोलीदेखी काम सुरु हुन्छ : नगर प्रमुख शाक्य

काभ्रेको बनेपा नगरपालिका नगरपालिकाका नव निर्वाचित नगर प्रमुख शान्तिरत्न शाक्यले डुबान क्षेत्र भनेर परिचित बनेको बनेपा अब नडुब्ने बताएका छन् । आफ्नो पहिलो प्राथमिकता बनेपालाई डुबान र धुलोमुक्त बनाउने रहेको बताएका छन् ।

आज सपथ ग्रहण पछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्दैै ठूलो प्राकृतिक विपत्ति बाहेक बनेपा क्षेत्र नडुब्ने बताएका हुन् । उनले दोस्रो प्राथमिकता स्वच्छ खानेपानी जनताको माझ पुर्याउने रहेको पनि बताएका छन् ।

उनले बनेपाको ग्रामिण क्षेत्रकामा रहेका कृषकको लागी बजारीकरणको विषेश पहल गर्ने बताएका छन् । त्यस्तै शव वहान,एम्बुलेन्स र दमकलको व्यवस्थामा आफूले जोड दिने बताएका छन् ।

 

https://www.facebook.com/sabaikosamacharonline/videos/682357879731809

19335
Shares

ट्रेन्डिङ