सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

9270
Shares
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

काभ्रेको पाँचखाल नगरपालिकामा मतगणना सकिएको छ । अन्तिम मत परिणाम अनुसार मेयरमा नेपाली कांग्रेसको तर्फबाट महेश खरेल र उपमेयरमा एमालेको तर्फबाट सुर्य माया दनुवार निर्वाचित हुनुभएको छ ।

खरेल १२ हजार ८३६ मत ल्याएर मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । खरेलका प्रतिस्पर्धी एमालेका उम्मेदवार कञ्चन अधिकारीले ८ हजार ११५ मत प्राप्त गर्नुभएको छ ।

सुर्य माया दनुवारले ९ हजार ३१३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका चेत प्रसाद गौतमले ८ हजार ९०३ मत प्राप्त गर्नुभएको छ ।

पाँचखालमा यो पटक बहुमत सदस्य नेपाली कांग्रेसले जितेको छ । २०७४ सालको निर्वाचनमा कांग्रेस अल्पमतमा थियो । पाँचखालको १३ वडा मध्य ८ वटामा नेपाली कांग्रेस, ३ वटामा एमाले, १ वडामा नेकपा (एकीकृत समाजवादी) र १ वडामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ ।

9270
Shares

ट्रेन्डिङ