सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रे बेथानचोकका निर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण

काभ्रे बेथानचोकका निर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण

4740
Shares
काभ्रे बेथानचोकका निर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण

काभ्रेको बेथानचोक गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरेका छन् ।

स्थानिय तहको निर्वाचन २०७९ बाट निर्वाचित भएका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित वडाका जनप्रतिनिधिले सपथ लिएका हुन् ।

बेथानचोक गाउँपालिकामा अध्यक्ष काँग्रेसले जितेको छ,भने उपाध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ । अध्यक्षमा भगवान अधिकारी,उपाध्यक्षमा तारा राना मगर निर्वाचित भएका हुन् ।

वडा अध्यक्षमा पनि काँग्रेसले धेरै स्थान जितेको छ । काँगेसबाट वडा नम्बर १ मा मधुसुधन तिमल्सिना, वडा नम्बर २ मा पुरुसोत्तम तिमल्सिना,वडा नम्बर ३ मा कुवेर ढकाल,वडा नम्बर ४ मा कृष्ण बहादुर लामा, वडा नम्बर ६ मा बिष्णु तामाङ निर्वाचित भएका छन् ।

वडा नम्बर ५ मा भने स्वतन्त्र उम्मेरदवार राजकुमार वाईवाले जित हाँसिल गरेका थिए ।

पालिकाका सम्पूर्ण नव निर्वाचित जनप्रतिनिधिले आज सपथ ग्रहण गरेका हुन् ।

4740
Shares

ट्रेन्डिङ