सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • यी हुन् बेथानचोकका अध्यक्ष भगवानको ३ महत्वपूर्ण निर्णय

यी हुन् बेथानचोकका अध्यक्ष भगवानको ३ महत्वपूर्ण निर्णय

4030
Shares
यी हुन् बेथानचोकका अध्यक्ष भगवानको ३ महत्वपूर्ण निर्णय

काभ्रेको बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पहिलो ३ महत्वपूर्ण निर्णय गरेका छन् ।

उनका अनुसार प्रत्येक आर्थिक वर्षमा ५ कि.मि सडक स्तरोन्नतीसहित कालो पत्रे हुने छ ।

त्यस्तै स्नातक तहका विद्यार्थीको लागि छात्रावृद्धिको व्यवस्था गर्ने पनि अध्यक्ष अधिकारीको पहिलो योजनामा रहेका छन् । उनले यसका लागि कार्यविधि निर्माण भइसकेको समेत बताएका छन् ।

त्यसैगरी ६० वर्ष माथीका जेष्ठ नागरिकहरुको निशुल्क होलबडी स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गर्ने उनले बताएका छन् ।

यी तीन योजना आफ्नो पहिलो प्राथामिकतामा रहेको उनको भनाई छ। आज संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष भगवान अधिकारीले यसबारे जानकारी गराएका हुन् ।

 

 

4030
Shares

ट्रेन्डिङ