सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेको नमोबुद्ध नगरपालिकाका निर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण

काभ्रेको नमोबुद्ध नगरपालिकाका निर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण

9770
Shares
काभ्रेको नमोबुद्ध नगरपालिकाका निर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण

काभ्रेको नमोबुद्ध नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरेका छन् । स्थानिय तहको निर्वाचन २०७९ बाट निर्वाचित भएका नगरपालिकाका उपप्रमुख सहित वडाका जनप्रतिनिधिले आज नगरपालिकाको सभाहलमा नगर प्रमुख कुन्साङ लामाबाट सपथ लिएका हुन् ।

नमोबुद्ध नगरपालिकाको प्रमुखमा काँग्रेसले जितेको छ,भने उपप्रमुखमा नेकपा माओवादी केन्द्रले जितेको छ । नगर प्रमुखमा कुन्साङ लामा र उप प्रमुखमा रत्न बहादुर लामा निर्वाचित भएका हुन् ।

त्यस्तै वडा नम्बर १ मा स्वतन्त्रका उम्मेदवार प्रेम बहादुर तामाङ, वडा नम्बर २ मा काँग्रेसका कविराज श्रेष्ठ, वडा नम्बर ३ मा काँग्रेसका रमेश तिवारी, वडा नम्बर ४ मा एमालेका अर्जुन बहादुर कार्की, वडा नम्बर ५ मा काँग्रेसका सुर्य तामाङ निर्वाचित भएका छन् ।

यता वडा नम्बर ६ मा भने काँग्रेसका टिका बहादुर के.सी , वडा नम्बर ७ मा माओवादी केन्द्रका धर्म सिंह लामा, वडा नम्बर ८ मा एमालेका शेर बहादुर तामाङ, वडा नम्बर ९ मा काँग्रेसका वीरबहादुर लामाले जित हाँसिल गरेका थिए ।

त्यस्तै वडा नम्बर १० मा माओवादीका राम कृष्ण उपाध्याय र वडा नम्बर ११ मा एमालेका कृष्णबहादुर तामाङ निर्वाचित भए। नगरपालिकाका सम्पूर्ण नव निर्वाचित जनप्रतिनिधिले आज सपथ ग्रहण गरेका हुन् ।

9770
Shares

ट्रेन्डिङ