सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अबको २ वर्ष भित्रमा नेपाल विद्युतमा आत्मनिर्भर बन्छ : कुलमान घिसिङ

अबको २ वर्ष भित्रमा नेपाल विद्युतमा आत्मनिर्भर बन्छ : कुलमान घिसिङ

4725
Shares
अबको २ वर्ष भित्रमा नेपाल विद्युतमा आत्मनिर्भर बन्छ : कुलमान घिसिङ

जेठ १३, काभ्रे । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी २०८१/८२ सालमा नेपाल विद्युतमा आत्मनिर्भर बन्ने दाबी गरेका छन् ।

 

आज नेपालमा हरित एमोनिया उत्पादनको अनुसन्धान गर्न काठमाण्डौ विश्वविद्यालय र नेपाल विद्यूत प्राधिकरणबीच सम्झौता गर्दै घिसिङले यस्तो बताएका हुन् ।

काठमाण्डौ विश्वविद्यालय धुलिखेल र नेपाल विद्युत प्राधिकरणको समझदारीले मुख्यतयाः नेपालमा हरित हाइड्रोजन प्रविधीको उत्थान गर्न नेपाल विद्युत प्राधिकरण र सरकारको चासोसँग सम्बन्धित ज्ञान, विशेषज्ञता र जनशक्ति विकास गरि नेपालमा हरित हाइड्रोजन प्रविधीको प्रवद्र्धन गरिने प्राधिकरणको २०७९-०१- ०७ मा बसेको ९०७औं बोर्ड बैठकले स्वीकृत गरेको “घरेलु अर्थतन्त्रमा योगदान र जलविद्युत राम्रो उपयोगका लागि नेपालमा पाइलट प्रोजेक्ट अनुसन्धानका रुपमा हरित अमोनिया उत्पादन” सम्बन्धी के.यु.बाट प्रस्तावित परियोजना प्रस्तावलाई दुवै पक्षले औपचारिकता दिनका निमित्त सामूहिक हस्ताक्षर गरी अघि बढाइएको छ ।

प्राधिकरणले प्रयोग गर्न चाहेको अतिरिक्त विद्युतको सदुपयोग गरि इलेक्ट्रोलाईसिस मार्फत हाइड्रोजन उत्पादन गरि धेरै वस्तुहरुको उत्पादन गरिने र के.यु र प्राधिकरणले आन्तरिक माग पूरा गर्ने र आयातमाथिको निर्भरता घटाउने उद्देश्यले अमोनिया उत्पादन गर्ने प्लान्ट स्थापना गरि जलविद्युत अधिकतम उपयोग गर्न आपसी चासोको क्षेत्रमा सम्झौता गरेका हुन् ।

दुवै पक्षले हरित हाइड्रोजन प्रविधीको प्रयोग गरी नेपालमा दीर्घकालिन रुपमा हरित हाइड्रोजनको प्रयोग बढाउन, ग्रिडको गुणस्तर र विश्वसनीयता सुधार गर्न हाइड्रोजन प्रविधीको प्रयोग, हिउँद मौसममा उर्जा भण्डारणका साथै नेपालमा जलविद्युतको उचित सदुपयोग गर्न क्षमता विकास गर्ने जस्ता बुँदाहरुमा सहकार्य गर्ने जनाइएको छ ।

यस सम्झौताले नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रयोगमा ३ वटा स्नाकोत्तर तह र विद्यावारिधि तहका कार्यक्रमहरु समेत प्रदान गर्नेछ । दुवै संस्थाका स्रोत र साधनको उपयोग, पारस्परिक हितका क्षेत्रमा एकअर्काको गतिविधि सुदृढ बनाउन यस सम्झौताले दुवै पक्षलाई फाइदा पुग्ने दाबी दुवै पक्षको रहेको छ ।

4725
Shares

ट्रेन्डिङ