सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • पाँचखालमा उपप्रमुखको पदभार ग्रहण अनिश्चित, एमालेलाई नैतिक संकट

पाँचखालमा उपप्रमुखको पदभार ग्रहण अनिश्चित, एमालेलाई नैतिक संकट

114575
Shares
पाँचखालमा उपप्रमुखको पदभार ग्रहण अनिश्चित, एमालेलाई नैतिक संकट

काभ्रे : पाँचखाल नगरपालिकामा उपप्रमुखको पदभार ग्रहण अनिश्चित बनेको छ । नेकपा एमालेबाट उपप्रमुखमा विजयी हुनुभएकी सुर्यमाया दनुवारको पदभार ग्रहण अनिश्चित बनेको हो ।

गत बिहीबार नगरप्रमुखबाट शपथ ग्रहण गर्नुभएकी उपप्रमुख दनुवारले नगरबासीसंग छिटो सम्पर्कमा आउन सक्ने कोठामा आफुलाई नराखेको भन्दै पदभार ग्रहण गर्न मानिरहनुभएको छैन ।

नयाँ कोठाको ब्यवस्थापन गर्ने सहमति भएको थियो । तर आजसम्म पनि नयाँ कोठाको ब्यवस्थापन गरिएको छैन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईले नयाँ कोठाको ब्यवस्थापन नगरेको बताउनुभयो ।

‘उपप्रमुखका लागि नयाँ कोठा ब्यवस्थापन गरिएको छैन् । हिजो स्मार्ट सिटी सम्बन्धि गोष्ठीमा नव निर्वाचित उपप्रमुख सहभागि हुनुभएको थियो । हामीले सुरुमा ब्यवस्थापन गरेको कोठामा बस्नु भएको छैन् । प्रमुख प्रशासकीय अधिकृत हुमेगाईले भन्नुभयो ।’

शपथ ग्रहणपछि पदभार ग्रहण गर्न जाँदाका प्र्रत्यक्षदर्शिका अनुसार उपप्रमुख दनुवार नगरपालिकाले ब्यवस्थापन गरेकै कोठामा शपथ ग्रहणपछि पदभार ग्रहण गर्न जाँदै हुनुहुन्थ्यो । त्यसै बेला एमाले पाँचखालका केही जिम्मेवार नेताहरुले अनावश्यक बखेडा झिकेर उपप्रमुख दनुवारलाई पदभार ग्रहण गर्न दिएनन ।

उपप्रमुख दनुवारको पदभार ग्रहणलाई कोठाको विषयमा विथोल्न जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख मञ्जु गौतमको मुख्य भुमिका रहेको प्रत्यक्षदर्शि समेत रहेका पत्रकारहरुको भनाई छ ।

नगरपालिकाले नयाँ कोठाको ब्यवस्थापन पनि नगर्ने र उपप्रमुख त्यो कोठामा गएर पदभार ग्रहण गर्न पनि नमानेपछि आर्थिक वर्षको अन्तिममा उपप्रमुखले गर्नुपर्ने कयौँ काम धकेलिएका छन भने एमाले नैतिक संकटमा गुज्रिएको छ ।

बाहिर नगरबासीमा उचित कोठा नभएकै कारण उपप्रमुखले पदभार ग्रहण नगरेको सन्देश तीब्रगति प्रवाह भैरहेको छ । जुन कुराले एमाले पाँचखाललाई नै थप घाटा पुग्नेछ । नगरप्रमुख महेश खरेलले सबैको समाचारसंग कुरा गर्दै आफुमा विभेद गर्ने नियत नभएको स्पष्ट पार्नुभयो ।

‘मैले कुनै नियत राखेर उपप्रमुखको कोठा परिवर्तन गर्न लगाएको होइन । यो सिंगो नगरपालिकाको कुरा हो । भवनको डिजाइन हुँदा नै प्रमुख प्रशासकीय अधिकृत भुई तल्लामा, नगरप्रमुख बीचको तल्लामा र उपप्रमुखलाई सबैभन्दा माथिल्लो तल्लामा राख्ने गरी भएको थियो । नगरप्रमुख खरेलले भन्नुभयो ।’

नगरप्रमुख खरेललाई बैको समाचारले भवनको डिजाइन अनुसार हो भने यसअघिको उपप्रमुखलाई किन बीचको तल्लामै राख्नु भयो ? भनि प्रश्न सोधेको थियो । जवाफमा नगरप्रमुख खरेलले भन्नुभयो । ‘भवन पुरा नहुँदै हामी सरेका हौँ । माथिल्लो तल्ला निर्माण यता सरिसकेपछि भएको हो । त्यहि भएर पहिलेको उपप्रमुख बीचकै तल्लामा बस्नुभएको हो । माथिल्लो तल्ला उपप्रमुख बस्नकै लागि भनेर त्यहि अनुसारको डिजाइन गरिएको छ । तपाईहरु आएर हेर्न पनि सक्नु हुन्छ ।’

नगरप्रमुख खरेलले भने पदभार ग्रहण गरिसक्नुभएको छ । सुरुकै खटपटले अगामी दिनमा समेत काम गराईमा विवाद रहित नहुने पाँचखाल नगरपालिकाका जानकारहरु बताउँछन ।

114575
Shares

ट्रेन्डिङ