सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेमा मल उपलब्ध नगराए आन्दोलन गर्ने किसान महासंघ काभ्रेको चेतावनी (भिडियो )

काभ्रेमा मल उपलब्ध नगराए आन्दोलन गर्ने किसान महासंघ काभ्रेको चेतावनी (भिडियो )

12840
Shares
काभ्रेमा मल उपलब्ध नगराए आन्दोलन गर्ने किसान महासंघ काभ्रेको चेतावनी (भिडियो )

काभ्रे : अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रले रासायनिक मल उपलब्ध गराउन सकारसंग माग गरेको छ ।

मल उपलब्ध गराउन माग गर्दै अखिल नेपाल किसान महासंघ जिल्ला समिति काभ्रेले कृषि तथा पशुपंक्षी मन्त्रालय बागमती प्रदेशलाई ज्ञापन पत्र बुझाएको हो ।

आज ज्ञापनपत्र बुझाउँदै काभ्रेका किसान रसायनिक मलको चरम अभावले मारमा परेको भन्दै तत्काल यो समस्या समाधान गरिदिन पनि आग्रह गरेको छ । कृषि सामाग्री कम्पनी काभ्रे मार्फत ज्ञापन पत्र बुझाउँदै तत्काल मलको व्यवस्था नगरे काभ्रेका मात्रै किसान नभई प्रदेश भरीका किसानहरु थप आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । अखिल नेपाल किसान महासंघ काभ्रेले १० हजार मेट्रिक टन यूरिया मल र ५ हजार टन डिएपी मल उपलब्ध गराउन माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै कृषि सामाग्री कम्पनी काभ्रेका शाखा प्रबन्धक वाशुदेव शर्माले कोभिड लगायत विभिन्न कारणले मल आयातमा समस्या हुँदा मलको अभाव देखिएको बताए । उनले जिटुजी प्रक्रियामार्फत मल आयातको काम भइरहेकाले असार दोस्रो हप्ताभित्र मल आउने सम्भावना रहेको जानकारी दिए ।

12840
Shares

ट्रेन्डिङ