सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेको कुन पालिकाले कति पाए संघ सरकारको बजेट ?

काभ्रेको कुन पालिकाले कति पाए संघ सरकारको बजेट ?

12915
Shares
काभ्रेको कुन पालिकाले कति पाए संघ सरकारको बजेट ?

काभ्रेपलाञ्चोक जिल्लाको १३ वटा स्थानीय तहलाई संघीय सरकारबाट बजेट विनियोजन भएको छ । जिल्लाका ६ वटा नगरपालिका र ७ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो ।

सबैभन्दा बढी बजेट जिल्लाको पहिलो नगरपालिका बनेपाले ५० करोड ६९ लाख बजेट पाएको छ । सबैभन्दा कम पाँचखाल नगरपालिकाले ३८ करोड, १८ लाख रूपैयाँ प्राप्त गरेको छ ।

धुलिखेल नगरपालिकाले ४७ करोड १२ लाख, नमोबुद्ध नगरपालिका ३९ करोड, २८ लाख, पनौती नगरपालिका ४५ करोड ७० लाख, मण्डनदेउपुर नगरपालिका ४२ करोड ९९ लाख रूपैयाँ बजेट प्राप्त गरेको छ ।

७ वटा गाउँपालिकामा सबैभन्दा बढी बजेट रोशी गाउँपालिकाले ४१ करोड ८७ लाख पाएको छ । चौरीदेउराली गाउँपालिका ३४ करोड ९२ लाख, तेमाल गाउँपालिका ३१ करोड ९२ लाख बजेट पाएको छ ।

महाभारत गाउँपालिकाले २८ करोड ३६ लाख, बेथान्चोक गाउँपालिकाले २६ करोड ७० लाख, खानिखोला गाउँपालिकाले २६ करोड १६ लाख र भुम्लु गाउँपालिका २९ करोड ८८ लाख रूपैयाँ बजेट प्राप्त गरेको छ ।

12915
Shares

ट्रेन्डिङ