सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • के नेकपा एस काभ्रेले दिपकको नाम जिसस प्रमुखका लागि सर्वसम्मत निर्णय गर्ला ?

के नेकपा एस काभ्रेले दिपकको नाम जिसस प्रमुखका लागि सर्वसम्मत निर्णय गर्ला ?

19100
Shares
के नेकपा एस काभ्रेले दिपकको नाम जिसस प्रमुखका लागि सर्वसम्मत निर्णय गर्ला ?

काभ्रे : जिल्ला समन्वय समितिको निर्वाचन नजिकै गर्दा प्रमुखको चर्चा चुलिएको छ । गठबन्धन दलहरुले निर्वाचन अघि गरेको सहमति अनुसार जिल्ला समन्वय समितिको प्रमुख नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ ।

हिजो पुनः केन्द्रमा सत्ता साझेदार दलबीचको बैठकले भने जिल्ला समन्वय समिति, कार्यपालिका सदस्य चयन र निर्वाचन हुन बाँकी रहेका स्थानीय तहमा गठबन्धन गरेरै जाने निर्णय गरेको छ ।

नेकपा एससंग समन्वय समितिका लागि १ भोट मात्रै छ । पालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख–उपप्रमुखले मतदानबाट जिसस गठन हुन्छ । जिल्लामा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसको गरी २२ मत छ । एमालेसंग मात्रै ४ मत रहेको छ ।

नेकपा एसभित्र निर्वाचन अघि जिसस प्रमुखको दाबेदार चार जना थिए । मण्डनदेउपुर नगरपालिकाबाट गोकुल गौतम, पनौतीबाट दिपक थापा, भुम्लु गाउँपालिकाबाट सुरेश कक्षपति र चौरीदेउराली गाउँपालिकाबाट दिपक गौतम जिल्ला समन्वय प्रमुखका लागि वडा सदस्यमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

निर्वाचनको मतपरिणाम अनुसार सशक्त दाबेदार गोकुल गौतम र दिपक थापा पराजित हुनुभयो । अब कक्षपति र दिपकको नाम चर्चामा छ । कक्षपति जिल्ला कमिटी सचिवालय सदस्य एवं भुम्लु गाउँपालिका कमिटी इन्चार्ज हुनुहुन्छ भने गौतम जिल्ला कमिटी सचिबको जिम्मेवारीमा हुनुहुन्छ ।

अहिलेसम्म पार्टीबाट कसलाई समन्वय प्रमुखमा पठाउने भनेर नेकपा एसले निर्णय गरिसकेको छैन । स्रोतका अनुसार अब छिट्टै बैठक बसेर नाम टुंगो लगाइनेछ । बैठकमा दिपक गौतम र कक्षपतिका बारे छलफल हुनेछ ।

स्रोतका अनुसार दिपक गौतमको नाम सर्वसम्मत हुने अवस्था भने छैन । भुगोलको हिसाबले निर्वाचन क्षेत्र नम्बर १ लाई बैशाख ३० गते सकिएको निर्वाचनमा टिकट वितरणमा पक्षपात गरेको भन्दै असन्तुष्टि मर्थर गर्न गौतमको नाम पठाउन सक्छ । त्यस बाहेकका अन्य कुरामा भने गौतमको नाम जिसस प्रमुखका लागि सिफारिस गर्न नेतृत्वले गम्भीर समिक्षा गर्ने स्रोतको दाबी छ ।

दिपकको नामलाई सर्वसम्मत नगराउने पक्षमा पार्टीभित्रै टोली सक्रिय भएर लागेको उच्च स्रोतको दाबी छ । यदि दिपकको नाममा सिफारिस हुने अवस्था आएन भने कक्षपतिको पोल्टामा जिल्ला समन्वय समितिको प्रमुख पद जाने छ ।

 

19100
Shares

ट्रेन्डिङ