सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • स्थानीय चुनावमा अपेक्षित परिणाम प्राप्त भएन,प्रदेश र संघिय चुनावमा सम्पूर्ण शक्ती परिचालन गर्छाैः राप्रपा अध्यक्ष लिंग्देन

स्थानीय चुनावमा अपेक्षित परिणाम प्राप्त भएन,प्रदेश र संघिय चुनावमा सम्पूर्ण शक्ती परिचालन गर्छाैः राप्रपा अध्यक्ष लिंग्देन

5500
Shares
स्थानीय चुनावमा अपेक्षित परिणाम प्राप्त भएन,प्रदेश र संघिय चुनावमा सम्पूर्ण शक्ती परिचालन गर्छाैः राप्रपा अध्यक्ष लिंग्देन

काभ्रे : राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनमा दुई दुई वटा गठबन्धनका बावजुद पनि आफू एक्लैले निर्वाचनमा सहभागि भएर प्राप्त गरेको सफलताले पार्टीलाई उत्साहित बनाएको बताएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिंग्देनको अध्यक्षतामा बुधबार र बिहिवार धुलिखेलमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले स्थानीय चुनावको सफलताले पार्टीलाई उत्साहित बनाएको निष्कर्ष निकालेको हो ।

बैठकले गठबन्धन र तयारीको समय कम हुँदा अपेक्षित परिणाम प्राप्त हुन नसकेको निष्कर्ष निकालेको छ । पार्टीको लोकप्रिय जनमतमा भने उल्लेख्य सुधार भएको पार्टीले जनाएको छ ।

त्यस्तै प्रदेश र संघिय निर्वाचनमा सम्पूर्ण सक्ती परिचालन गर्ने पनि बैठकले निर्णय गरेको छ । मुलुकमा रहेको भ्रष्टाचार र अस्थिरताका अन्त्यका लागि वर्तमान शासकिय स्वरुप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक रहेको ठहर राप्रपाको छ ।

राप्रपाले पूर्ण समानुपातिक संसद, जनताले प्रत्यक्ष निर्वाचन गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रुपमा राजा रहेन।तीन तहकको संघियता होइ, केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था उपयुक्त हुने दावी गरेको छ ।

आगामी निर्वाचनमा यो विष्यलाई राप्रपाले जोडदार रुपमा उठाउने समेत दाबी पार्टीको छ । त्यसैगरी आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा उपयुक्त र लोकप्रिय उम्मेरदवार समयमै छनौट गर्ने पनि निर्णय गरेको छ ।

बैठकमा राप्रपाका तर्फबाट निर्वाचित हुने,जनप्रतिनिधि बन्ने र मतदातालाई पनि धन्यवाद दिएको छ । राप्रपाले आज पत्रकार सम्मेलन गर्दै २० बुँदे निर्णय सार्वजनिक गरेको छ ।

यी हुन् स्थानीय तह निर्वाचनको समिक्षासंगै राप्रपाले गरेका निर्णयहरु हेर्नुहोस् भिडियो:

 

5500
Shares

ट्रेन्डिङ