सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ५० हजार घुससहित अख्तियारकाे फन्दामा हेडसर

५० हजार घुससहित अख्तियारकाे फन्दामा हेडसर

6390
Shares
५० हजार घुससहित अख्तियारकाे फन्दामा हेडसर

जनकपुरधाम : महोत्तरीमा ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

विद्यालय भवन निर्माण प्रयोजनको भुक्तानीका लागि सेवाग्राहीबाट पैसा लिइरहेका अवस्थामा विद्यालयका प्रअ र व्यवस्थापन समितिका अध्यक्ष रंगेहात पक्राउ परेका हुन्।

महोत्तरीको एकडारा गाउँपालिका वडा नम्बर १ स्थित एकडारा माध्यमिक विद्यालयका प्रअ राम दिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान घुससहित पक्राउ परेका हुन्।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल र बर्दिबासको संयुक्त टोलीले दुवै जनालाई जलेश्वर नगरपालिका वडा नम्बर २ स्थित मामाज् किचेन होटलबाट पक्राउ गरेका हुन्।

विद्यालयमा भवन निर्माणको भुक्तानीका सिलसिलामा ५० हजार रुपैयाँ घुस लिइरहेको समयमा दुवैजनालाई रंगेहात पक्राउ गरिएको अख्तियारका प्रतिनिधिले जानकारी दिए। बिहीबार अपराह्न ५ बजे उनीहरुलाई अख्तियारले पक्रेको हाे।

6390
Shares

ट्रेन्डिङ