सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेको भुम्लुमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

काभ्रेको भुम्लुमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

7290
Shares
काभ्रेको भुम्लुमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

काभ्रे : भुम्लु गाउँपालिकामा स्थानीय तह स्तरीयअन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।यहि जेठ १७ गतेदेखि भुम्लु गाउँपालिकामा सुरु भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको हो ।

भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा)को प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी तामाङले विजयी समूह तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा तामाङले पदक तथा मेडल प्रदान गरेका थिए भने भुम्लुका निवर्तमान उप प्रमुख कल्पना श्रेष्ठले टिका तथा भुम्लुका प्रमुख प्रशाशकीय अधिकृत ढाकाराम अर्यालले खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै उपाध्यक्ष तामाङले भुम्लुमा खेल निरन्तर अगाडी बढाउने बताए । तामाङले पालिकाको खेलकुद क्षेत्रको विकासमा आफ्नो सदैव साथ र सहयोग रहने बताए । उनले भोलिका दिनमा भुम्लुमा खेलक्षेत्रको उल्लेख्य विकास हुने र यहाँबाट राष्ट्रिय स्तरका खेलाडी तयार हुनेमा आफू प्रतिबद्ध रहने बताए ।

प्रतियोगितामा प्रकाश मावि ९ स्वर्ण सहित प्रथम हुन सफल भए । यस्तै अरुणोदय मावि ७ स्वर्ण दोस्रो तथा सेतीदेवी मावि भुम्लु १ रिठ्ठे ३ स्वर्ण सहित तेस्रो भए ।

पालिकाका विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा पालिकाका १३ विद्यालयका ३ सय २० विद्यार्थी सहभागी थिए । भुम्लु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न भएको हो ।

प्रतियोगितामा भलिबल, कबड्डी, हाइ जम्प, लंग जम्प, ज्याब्लीङ थ्रो, दौड लगायतका खेलहरु समावेश गरिएको थियो । शिक्षा, यूवा तथा शाखा प्रमुख प्रेमकुमार पुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पालिकाका वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

7290
Shares

ट्रेन्डिङ