होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
आइतवार, अशोज १४, २०८०
  • होमपेज
  • काभ्रेमा बाढी तथा डुबान परेको बेला गर्ने उद्धारको अभ्यास (फोटो फिचर )

काभ्रेमा बाढी तथा डुबान परेको बेला गर्ने उद्धारको अभ्यास (फोटो फिचर )

काभ्रेमा बाढी तथा डुबान परेको बेला गर्ने उद्धारको अभ्यास  (फोटो फिचर )

काभ्रेको दोलालघाटमा जल उद्धार संयुक्त अभ्यास कार्यक्रम सम्पन्न भएको छ । जिल्ला बिपद ब्यबस्थापन समितिको मूल आयोजनामा र श्री कालीजंग गण धुलिखेल ब्यारेकको समन्वयमा आज जल उद्धार संयुक्त अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वर्षायाम लागे संगै आउने बाढी पहिरो तथा डुबानमा फसेकाहरुको कसरी उद्धार गर्न सकिन्छ भन्नेबारे प्रयोगात्मक अभ्यास समेत गरिएको थियो । अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र जनसेवा दलका उद्धारकर्मीको सहभागिता थियो।

संयुक्त उद्धार टोलीले कृत्रिम घटना बनाएर बाढी तथा डुबान परेको बेला गर्ने उद्धारको अभ्यास गरेको थियो। अभ्यासका क्रममा उनीहरूले डुबानमा परेको अवस्थामा कसरी उद्धार गर्ने, बाढीमा डुबेका शव गोताखोरको सहायताले कसरी निकाल्ने, कुनै घर तथा टापुमा फसेकालाई कसरी निकाल्ने जस्ता अभ्यास गरेका थिए ।

त्यस्तै, घाइतेको प्राथमिक उपचार तथा थप उपचारसम्मको प्रक्रियालाई कसरी आपसी समन्वय र सहकार्यमा सम्पन्न गर्ने लगायतबारे अभ्यास गरिएको छ। अभ्यासका क्रममा नेपाल रेडक्रसको टोली पनि सहभागी थियो।  अभ्यासबाट विपदलाई रोक्न नसकेपनि यसबाट हुने सम्भावित क्षति भने कम गराउन सकिने २६ नं गणका बाहिनि पति,सहायक रथि जोतिन्द्र महतले बताए ।

उनले आफ्नो कार्य क्षेत्रमा परेका काभ्रेपलान्चोक,सिन्धुपाल्चो,दोलखा र रामेछापमा विषेश गरी बाढी पहिरो, आगलागी र भूकम्प जस्ता विपद पर्ने गरेको बताए । नेपाली सेना यस्ता विपदको बेला खटिरहेको पनि उनले जानरकारी गराए ।

कार्यक्रमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उद्धार टोली तत्काल पुग्न नसक्ने अवस्थामा स्थानीय तहमै स्वयमसेवक खडा गर्नुपर्ने बताइन् । विपदबाट हुने मानवीय तथा भौतिक क्षति रोक्न सबैको सहकार्य गरि सक्दो छिटो सूचना सुरक्षा निकायकासम्म पुर्याउन उनले आह्यन गरेकी छिन् ।

कार्यक्रममा जिल्ला बिपद ब्यबस्थापन समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, स्थानीयबासिहरुको बाल्लो उपस्थिति रहेको थियो ।

ट्रेन्डिङ