सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ट्याङ्करको ठक्करबाट काभ्रेका थापाको मृत्यु

ट्याङ्करको ठक्करबाट काभ्रेका थापाको मृत्यु

10370
Shares
ट्याङ्करको ठक्करबाट काभ्रेका थापाको मृत्यु

ट्याङ्करको ठक्करबाट काभ्रेका एक जनाकाृे मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली चोकमा दूध बोकेको ट्याङ्करको ठक्करबाट काभ्रेका स्कुटर चालकको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०२५ प १६२० नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–००४ क ०५८० नम्बरको दूधको ट्याङकरले ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–५ का ४५ वर्षीय नकुल थापाको मृत्यु भएको हो ।

ट्याङ्करको ठक्करबाट सख्त घाइते थापाको उपचारका क्रमममा नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरमा मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले बताए । ट्याङकर चालक भक्तपुर नगरपालिका–२ ब्यासीका ३५ वर्षीय राजन ब्याञ्जुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

10370
Shares

ट्रेन्डिङ