सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • नमोबुद्धमा वृहत सरसफाई र वृक्षारोपण

नमोबुद्धमा वृहत सरसफाई र वृक्षारोपण

6180
Shares
नमोबुद्धमा वृहत सरसफाई र वृक्षारोपण

काभ्रे : विश्व वातावरण दिवसको अवसर पारेर नमोबुद्ध नगरपालिकाको मुख्य व्यापारिक केन्द्र भकुण्डेबेशीमा वृहत सरसफाई कार्यक्रम आयोजना गरिएको छ ।

विश्व वातावरण दिवस (जुन ५) को अवसरमा नमोबुद्ध नगरपालिकाले आइतबारदेखि नै सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ । सोही क्रममा आज सोमबार भकुण्डेबेशीमा नमोबुद्ध नगरपालिकाको आयोजनामा वृहत सरसफाई कार्यक्रम गरिएको हो ।

भकुण्डेबेशी चोकदेखि नौबिसेसम्म विपी राजमार्गको आसपास सरसफाई गरिएको थियो । सो क्रममा राजमार्गको दायावाया फुटपाथ व्यवस्थापनको कामसमेत गरिएको छ ।

नगर प्रमुख कुनसाङ लामाको नेतृत्वमा भएको सरसफाई कार्यक्रममा नगरपालिकाका कर्मचारी, स्थानीयबासी, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक÷विद्यार्थी, व्यवसायी, नेपाली सेना र नेपाल प्रहरीबाट सुरक्षाकर्मी लगायत सयौंको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख कुनसाङ लामाले स्वच्छ वातावरणका लागि सबै पक्षको सहकार्य जरुरी भएको भन्दै नगरपालिकाले सुरु गरेको सरसफाई अभियानमा साथ दिने सबैलाई धन्यवाद दिए ।

अब बजार व्यवस्थापनको कार्यविधि तयार पारेर बजारलाई व्यवस्थित बनाउने, सफा र वातावरणमैत्री बनाउने अभियान नगरपालिकाले सञ्चालन गर्ने पनि लामाले बताए । उनले जथाभावी फोहोर फाल्नेलाई कार्बाहीको व्यवस्था गर्ने, राजमार्ग क्षेत्रमा फोहोर फाल्न निषेध गर्ने लगायतका योजना ल्याउने पनि बताए ।

यस्तै उपप्रमुख रत्न लामाले सफा र स्वच्छ नगर बनाउन सबैलाई हातेमालो गर्न आग्रह गरे । यस्तै प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले वातावरणमैत्री नगर बनाउन नगरपालिकाले विशेष जोड दिएको र आगामी दिनमा सबै क्षेत्र, सबै वर्गलाई समेटेर स्वच्छ नगर बनाउने अभियान सञ्चालन गर्ने जानकारी दिए ।
यस्तै आज सोमबार नै नमोबुद्ध नगरपालिका वडा नं. ८ का वृक्षारोपण समेत गरिएको छ ।

वडा नं. ८ को डराउनेपोखरी र देवीस्थानमा धुपी, कपुर लगायतका बिरुवा रोपिएको नगरपालिकाका प्रवक्ता एवं वडा नंं ६ का वडाअध्यक्ष टिकाबहादुर केसीले जानकारी दिए । बृक्षारोपण कार्यक्रममा नगर प्रमुख कुनसाङ लामा, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं. ८ का वडाअध्यक्ष शेरवहादुर तामाङ लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत हिजो आइतबार नगरपालिकाको फोहोर व्यवस्थापन क्षेत्रको व्यवस्थापन लगायतका काम भएको थियो भने मंगलबार नगरपालिका क्षेत्रको सरसफाई लगायतका काम गरिने नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले जानकारी दिएका छन् ।

6180
Shares

ट्रेन्डिङ