सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • काभ्रेका ५ देखि ११ वर्षसम्मका बालबालिकाले असार ९ गतेदेखि कोरोनाविरुद्धको खोप

काभ्रेका ५ देखि ११ वर्षसम्मका बालबालिकाले असार ९ गतेदेखि कोरोनाविरुद्धको खोप

4115
Shares
काभ्रेका ५ देखि ११ वर्षसम्मका बालबालिकाले असार ९ गतेदेखि कोरोनाविरुद्धको खोप

सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आगामी असार ९ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । काभ्रेसहित २७ वटा जिल्लाका बालबालिकालाई असार ९ गतेदेखि कोरोनाविरुद्धको खोप दिइने भएको हो ।

यो उमेर समूहका करिब ३९ लाख बालबालिकालाई विद्यालयबाटै खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

डाअधिकारीका अनुसार पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो डोज र साउन २ देखि ८ गतेसम्म दोस्रो डोज खोप दिइनेछ । त्यस्तै, अन्य ५० जिल्लाका बालबालिकालाई भदौ ५ देखि ११ गतेसम्म पहिलो तथा भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोज खोप दिइनेछ ।

कुन जिल्लामा कहिले खोप ?

काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, कास्की, बागलुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेलधुरा जिल्लामा असार ९ गतेदेखि नै खोप कार्यक्रम सुरु गरिनेछ भने बाँकी ५० जिल्लामा भदौ ५ गतेदेखि सुरु हुनेछ ।

4115
Shares

ट्रेन्डिङ