सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ”संचार माध्यममा युवाका मुद्धा“ विषयक दुई दिने अनुशिक्षण कार्यक्रम काभ्रेमा सम्पन्न

”संचार माध्यममा युवाका मुद्धा“ विषयक दुई दिने अनुशिक्षण कार्यक्रम काभ्रेमा सम्पन्न

5010
Shares
”संचार माध्यममा युवाका मुद्धा“ विषयक दुई दिने अनुशिक्षण कार्यक्रम काभ्रेमा सम्पन्न

संचार माध्यममा युवाका मुद्धा विषयक दुई दिने अनुशिक्षण कार्यक्रम काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ ।

बाग्मति प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको आयोजना र नेपाल पत्रकार महासंघ बाग्मति प्रदेश कार्यसमितिको संयोजनमा भएको कार्यक्रममा बागमती प्रदेशभरका पत्रकारहरुको सहभागिता रहेको थियो ।

वाग्मती प्रदेशका १३ वटै जिल्लाका संचारकर्मीहरुलाई एकै ठाउमा भेला गराई संचार माध्यममा युवाका मुद्धाका बारेमा शिक्षण गराइएको हो । कार्यक्रममा वाग्मती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँ र वरिष्ठ पत्रकार रामजी दाहालले युवाका मुद्धा उठान , प्रस्तुतिकरण र यसको सामाजिक प्रभाव बारेमा जानकारी दिएका थिए । चौलागाईँले युवा परिषदको कार्यक्रम र यसले सामाजिक र युवाको ससक्तिकरणमा युवा परिषदले खेल्न खोजेको भूमिकाका बारेमा सहभागीलाई जानकारी गराएका थिए ।

कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्न कार्यक्रममा सहभागी भएका काभ्रे क्षेत्र नं १ ख का प्रदेश संसद तथा पुर्व प्रदेश मन्त्री चन्द्र लामाले विभिन्न क्षेत्रमा रहेका युवाहरुलाई लक्षित नीति युवा परिषदले बनाउदै आएको उल्लेख गरे । उनले युवा सशक्तीकरण सबैको दायित्व र अझ बढी राज्यको दायित्व रहेको वताए । युवा सशक्तीकरण गर्न राज्यका तिनै तहका सरकारको तर्फ बाट सम्बोधन हुनुपर्ने कुराहरु राज्य तह बाटै हुनु पर्नेमा समेत उनले जोड दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्दीय सदस्य,प्रदेश सदस्य,प्रदेश अध्यक्ष,जिल्ला अध्यक्ष लगाएत बाग्मती प्रदेशभरका क्रियाशील पत्रकारहरुको सहभागीता थियो ।

कार्यक्रमको स्वागत मन्तब्य बाग्मती प्रदेश कोषाध्यक्ष रमेश ढुंगेलले राखेका थिए भने कार्यक्रमको सभापतित्व नेपाल पत्रकार महासंघ बाग्मती प्रदेश अध्यक्ष शिव देवकोटाले गरेका थिए । कार्यक्रम संचालन भने नेपाल पत्रकार महासंघ बाग्मती प्रदेश महासचिब कृष्ण सारु मगरले गरेका थिए ।

5010
Shares

ट्रेन्डिङ