सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एमसीसी पास गरेकै कारण काँग्रेस अहिले पहिलो पार्टी भयो : उपसभापति खड्का

एमसीसी पास गरेकै कारण काँग्रेस अहिले पहिलो पार्टी भयो : उपसभापति खड्का

4025
Shares
एमसीसी पास गरेकै कारण काँग्रेस अहिले पहिलो पार्टी भयो : उपसभापति खड्का

काभ्रे : नेपाली काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पास गरेकै कारण काँग्रेस अहिले पहिलो पार्टी भएको बताएका छन् ।

आज काभ्रेको बनेपामा आज आयोजित स्थानीय तह निर्वाचन २०७९मा निर्वाचित काँग्रेस तर्फका जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रममा बोल्दै उपसभापति खड्काले यस्तो बताएका हुन् ।

एमसीसी पास भयो भने कांग्रेस सकिन्छ भन्ने भ्रम पार्टीभित्र र बाहिर पनि छरिएको तर त्यसको आवश्यकता र दूरगामी महत्त्व बुझेर दृढतापूर्वक निर्णय गरेको कारण एमसीसी पास भएरपनि कांग्रेस पहिलो पार्टी पनि बनेको उनको दाबी छ ।

एमसीसीको आवश्वयकता र महत्वलाई पार्टी सभापति शेर बहादुर देउवा लगायत कार्यसमितिले दुरगामी नेपालको उन्नती प्रगतीसंग जोडिए दृढतापूर्वक चुनावको हार र जीतको लोभ नगरी निरन्तर साथ अगाडी बढेको बताए । सडकमा पुगेर एमसीसीको विरोध गर्ने पार्टीलाई सदनमा ल्याएर एमसीसी पास गराउन काँग्रेस सफल भएको दाबी गरे ।

नवनिर्वाचित जनप्रतिनिधिलाई सुझाव सहितको शुभकामना दिदै आगामी चुनावमा पार्टीलाई कस्तो बनाउने भन्ने कुरा जनप्रतिनिधिको कामले निर्धारण गर्ने बताए । त्यसका लागि जनताप्रति उत्तरदायी भएर काम गर्न पनि उनले जनप्रतिनिधिलाई सुझाव दिएका छन् ।

उपसभापति खड्काले अन्य पार्टीका जनप्रतिनिधिले विकासका काम गर्न छाडेर पैसा कमाउने उदेश्य मात्रै राखेको पाइएको बताए । डोजर लिने र ठेक्का पट्टाको काममा अन्य पार्टीका जनप्रतिनिधि लिप्त रहेको भन्दै काँग्रेसमा त्यस्तो नरहेको र त्यस्ता गल्ती नगर्न काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई आग्रह समेत गरेका छन् ।

१३ वटा पालिका रहेको काभ्रेमा नेपाली कांग्रेसबाट बनेपा, धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध नगरपालिकाको प्रमुख, रोशी र बेथानचोक गाउँपालिकाको अध्यक्ष गरी ७ वटा पालिकामा प्रमुख विजयी भएका छन ।

त्यस्तै धुलिखेल, मण्डनदेउपुर नगरपालिकाको उपप्रमुख, भुम्लु, चौरीदेराली, महाभारत र खानीखोलाको उपाध्यक्ष गरी ६ वटा पालिकामा उपप्रमुख विजयी भएको छ ।

काभ्रेमा नेपाली कांग्रेसले ६० वटामा वडाध्यक्ष जितेको थियो । कांग्रेसले काभ्रेमा जम्मा ३४९ जना जनप्रतिनिधि विजयी भएका छन् । काग्रेसबाट निर्वाचित सबै जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन आज कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य र गणेश लामा, जिल्ला कार्य समितिका पदाधिकारी, भ्रातृ संगठनका प्रमुख, नवनिर्वाचित जनप्रतिनिधि सहभागी भएका थिए ।

4025
Shares

ट्रेन्डिङ