सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • जिसस काभ्रेको प्रमुखमा दिपक गौतम निर्वाचित

जिसस काभ्रेको प्रमुखमा दिपक गौतम निर्वाचित

30920
Shares
जिसस काभ्रेको प्रमुखमा दिपक गौतम निर्वाचित

जिल्ला समन्वय समिति काभ्रेमा सबै सिट गठबन्धनले जितेको छ । जिल्ला समन्वय समिति काभ्रेको प्रमुखमा नेकपा एकिकृत समाजवादीका दिपक गौतम निर्वाचित भएका छन् ।आज भएको निर्वाचनमा जिससमा गठबन्धन र एमाले प्रतिस्पर्धामा थिए।

निर्वाचित गौतम गठबन्धनबाट उम्मेदवारी हुन् भने उनी नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिब समेत हुन् ।

उनले २२ मत पाएका हुन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका कमला भट्टराईले ४ मत पाईन् ।

उपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रिम बहादुर तामाङ निर्वाचित भएका छन् ।

तामाङ रोशी गाउँपालिका वडा नम्बर ६ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । उनले २२ मत पाउदा नेकपा एमालेतर्फका प्रतिस्पर्धी राजेन्द्र केसीले ४ मत पाएका छन् ।

गठबन्धनबाट उपप्रमुख सहित ५ सदस्य नेपाली कांग्रेसले पाएको थियो। नेपाली कांग्रेसबाट पाँचखालका चण्डिका मिजार, पाँचखालका निर बहादुर लामा, मण्डनदेउपुरका मंगल बहादुर लामा र पाँचखालका अप्सरा सिपखानले जिसस सदस्यमा निर्वाचित भएका छन् ।

गठबन्धनबाट माओवादी केन्द्रले ३ वटा सदस्य पाएको छ । माओवादी केन्द्रबाट भुम्लुका कमलराज गिरी, तेमालका रस्मिता भण्डारी र मण्डनदेउपुरका कृष्ण कुमारी राई पनि निर्वाचित भएका छन् ।

30920
Shares

ट्रेन्डिङ