सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • दुवैजना एकैसाथ बेनको प्रेममा डुबे जुम्ल्याहा दिदीबहिनी

दुवैजना एकैसाथ बेनको प्रेममा डुबे जुम्ल्याहा दिदीबहिनी

3920
Shares
दुवैजना एकैसाथ बेनको प्रेममा डुबे जुम्ल्याहा दिदीबहिनी

दुरुस्त अनुहार भएका दुई जुम्ल्याहा दिदीबहिनी पाँच वर्षदेखि एउटै पुरुषसँग प्रेम गरिरहेका छन् । अष्ट्रेलियाको पर्थका ३० वर्षिया अन्ना र लुसी डेकिन्कले फेसबुकमार्फत बेन बायर्नलाई साथी बनाएका थिए । पछि दुवैजना एकैसाथ बेनको प्रेममा डुबे । बेनले पनि दुवैलाई प्रेमिकाका रुपमा स्वीकारेका छन् । साझा प्रेमीसँग चाँडै बिहे गर्ने दुवैको तयारी छ ।
युट्यूवमा अपलोड गरिएको एउटा भिडियोमा उनीहरु एक साथ भन्छन्, ‘हामी दुवै उसलाई उत्तिकै माया गर्छौं । उ एउटा भाग्यमानी पुरुष हो । उसले डबल माया र केयर पाउँछ, अनि बदलामा ओछ्यानमा डबल उर्जा
लगाउनुपर्छ ।’twince-and-boyfriend-5
त्रिकोणिय मायामा अहिलेसम्म कसैले एक-अर्काको चित्त नदुखाएको उनीहरुको दावी छ ।
बिबाहको निम्ति उनीहरुले अमेरिकाको एरिजोनास्थिति टुक्सनको भ्रमण गर्ने योजना बनाएका छन् । एरिजोनाको संविधानले बहुविवाहलाई अनुमति दिँदैन तर कुनै दण्ड-सजाय पनि गर्दैन ।
२४ सै घन्टा आपसमा नछुट्टनिे दिदीबहिनीले बायर्नसँग बेड सेयर पनि गरिसकेका छन् । दुवै जनालाई एकैसाथ मुड आउने हुँदा ओछ्यानमा डबल मज्जा लुट्ने गरेको उनीहरुको अनुभव छ ।
दुवैलाई अहिल्यै बच्चाको चाहना छैन, तर दुवैले एकैसाथ गर्भवती हुने सोच राखेका छन् । अन्नाले भनिन्, ‘यदि म गर्भवती भएँ भने लुसी पनि हुनेछिन्, किनभने हाम्रो शरीरले सँधै एउटै कुराको माग गर्छ । तर हामीले चाँडै गर्भवती हुने योजना बनाएका छैनौं ।’twince-and-boyfriend-1
एउटा जापानी प्र्यांक टिभी शोमा विश्वकै सर्वाधिक मिल्दाजुल्दा जुम्ल्याहा घोषित भएपछि यी दिदीबहिनी चर्चामा आएका थिए । सो कार्यक्रममा अनुहार पहिचान गर्ने प्रविधिले उनीहरुबीच फरक छुट्याउन सकेको थिए ।
यी दिदीबहिनीको अनुहार मात्र होइन जिउडाल पनि उस्तै छ । तर दुरुस्त देखिनका लागि उनीहरुले निकै लगानी पनि गरेका छन् । एक मिनेटको अन्तरमा जन्मेका दिदीबहिनीले अहिलेसम्म कस्मेटिक सर्जरीमा एक लाख ३० हजार पाउन्ड खर्च गरिसकेका छन् । उनीहरुले ब्रेस्ट इम्प्लान्टदेखि ओठ, आँखीभौं र परेलासम्मको सर्जरी गरेर उस्तै बनाएका छन् । –एजेन्सीको सहयोगमा

3920
Shares

ट्रेन्डिङ