सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • धुलिखेलका मेयरको घरकै आडमा ढल फुटेर दुर्गन्धित

धुलिखेलका मेयरको घरकै आडमा ढल फुटेर दुर्गन्धित

8960
Shares
धुलिखेलका मेयरको घरकै आडमा ढल फुटेर दुर्गन्धित

काभ्रे : धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठको घर छेउमै ढल फुटेर दुर्गन्ध फैलिएको छ ।

एक साता भन्दा बढी समयदेखि ढल फुटेर दुर्गन्ध फैलिएको हो । तर अहिलेसम्म ढल मर्मतको काम भएको छैन् । फुटपाथ मै फुटेको ढल मर्मत नहुदाँ यात्रुलाई हिड्डुल गर्न समेत मुस्किल भएको छ ।

अरनिको राजमार्गको आडैमा फुटेको ढल लामो समयसम्म मर्मत नहुँदा आसपाससम्म दुर्गन्ध फैलिएको छ । मेयरको घर नजिकै फुटेको ढल समेत यतिको समयसम्म मर्मत हुँदै भने अन्य ठाउँको अवस्था कस्तो होला ? भनेर सर्वसाधरणले प्रश्न गरेका छन ।

धुलिखेल नगरपालिकाको वडा नम्बर ३ स्थित अरनिको राजमार्गको मिरावेल चोकदेखि मेयर ब्याञ्जुको घरसम्म रहेका घरबाट सिंधै दिसा जन्य फोहोर खुलमखुल्ला नालीमा पठाउने गरिएको छ । जसले गर्दा कयौँ वर्षदेखि पदैल यात्रुहरुले नाक छोपेर हिड्न बाध्य छन । यसलाइ ब्यवस्थित गर्न समेत नगरपालिका उचित कदम चालेकाे छैन् ।

8960
Shares

ट्रेन्डिङ