सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • जिसस काभ्रेको यस्ता छन पहिलो बैठकका निर्णय

जिसस काभ्रेको यस्ता छन पहिलो बैठकका निर्णय

11770
Shares
जिसस काभ्रेको यस्ता छन पहिलो बैठकका निर्णय

काभ्रे : जिल्ला समन्वय समिति काभ्रेको पहिलो बैठक बसेको छ । नवनिर्वाचित समितिको पहिलो बैठकले विभिन्न आठ बुँदे निर्णय गरेको छ ।

बैठकले जिल्लामा विकास निर्माणसँग सम्बन्धित विषयहरुको पहिचान तथा व्यवस्थापनका लागि समन्वय गर्ने निर्णय गरेको छ । जिल्लास्थित सरकारी तथा गैर सरकारी क्षेत्रबाट संचालित विकास निर्माणका कार्यहरुको विवरण तयार गरी सोको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न चरणमा अनुमगन गर्ने, सुझाव तथा पृष्ठपोषण गर्ने साथै दिइएका सुझावहरु सार्वजनिक गर्ने निर्णय गरेको छ ।

त्यस्तै जिल्ला समन्वय समिति तथा जिल्ला समन्वय समितिको कार्यालय साथै स्थानीय तहहरुको क्षमता विकासका लागि नेपाल सरकार र प्रदेश सरकारसँग समन्वय गर्ने, जिल्लास्थित संघ तथा प्रदेश सरकारका कार्यालयहरु र स्थानीय तहहरुवीच समन्वय गर्ने गराउने गरिएको जिसस प्रमुख दिपक गौतमले जानकारी दिनुभयो ।

बैठकले स्थानीय तहहरुवीच उत्पन्न हुने विवाद समाधान गर्न आवश्यक समन्वय गर्ने, विकासमा सन्तुलन कायम गर्न गैर सरकारी तथा निजी क्षेत्रसँग समन्वय गर्ने, साथै सोको अनुगमन गरी पृष्ठपोषण गर्ने, जिल्ला समन्वय समितिबाट सम्पादन गरिएका कार्यहरु र प्रगतिको कम्तिमा वर्षको एकपटक समीक्षा गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी जिल्लास्थित संघ, प्रदेश तथा स्थानीय तहका कार्यालयहरुबाट हुने सेवा प्रवाहलाई छिटो, छरितो, सर्वसुलभ एवं नागरिक मैत्री तुल्याउँदै थप प्रभावकारी बनाउन नियमित अनुगमन र समन्वय गर्ने निर्णय गरिएको जिसस प्रमुख गौतमले बताउनुभयो ।

11770
Shares

ट्रेन्डिङ