सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • डा. विनोदको प्याथलोजी (रोग विज्ञान) सम्बन्धी पहिलो पुस्तक सार्वजनिक

डा. विनोदको प्याथलोजी (रोग विज्ञान) सम्बन्धी पहिलो पुस्तक सार्वजनिक

7890
Shares
डा. विनोदको प्याथलोजी (रोग विज्ञान) सम्बन्धी पहिलो पुस्तक सार्वजनिक

काभ्रे : काठमाडौं विश्वविद्यालय अस्पताल (धुलिखेल अस्पताल) मा प्राध्यापकको रुपमा कार्यरत डा. विनोद ढकालले लेखेको प्याथलोजी (रोग विज्ञान) सम्बन्धी पुस्तक सार्वजनिक गरिएको छ ।

प्याथलोजीमा स्नातकोत्तर गरेका ढकालले लेखेको उक्त पुस्तक नेपाली लेखकको प्याथलोजी विषयसम्बन्धी पहिलो पुस्तक हो ।
सरल भाषामा लेखिएको पुस्तक विएससी नर्सिङ, बिएनएस, ब्याचलर इन मेडिकल ल्याबरोटोरी टेक्नोलोजी, ब्याचलर इन मेडिकल इम्याजनिङ टेक्नोलोजी, ब्याचलर इन फिजियोथेरपी र एमविविएसको लागि उपयोगी हुने ढकालले बताए ।

काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र सिटिइभिटीको पाठ्यक्रममा आधारित पुस्तक हालै धुलिखेल अस्पतालको सभा हलमा विमोचन गरिएको थियो ।

7890
Shares

ट्रेन्डिङ