सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • जन्ती बोकेको जीप दुर्घटना, ६ जना घाइते

जन्ती बोकेको जीप दुर्घटना, ६ जना घाइते

3605
Shares
जन्ती बोकेको जीप दुर्घटना, ६ जना घाइते

सल्यान, ५ असार : सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा भे १ ज १०२१ नम्बरको जीप शनिबार राति दुर्घटनामा परेको हो ।

दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका ४ देउलीका मोतिलाल बुढा, मन बुढा, सहदेव बुढा, चित्रबहादुर बुढा, हरिमाया बुढाथोकी र गोपाल बुढा घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काका अनुसार घाइते सबैको सल्लीबजारमा उपचार भइरहेको छ ।

3605
Shares

ट्रेन्डिङ