होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
सोमवार, अशोज १५, २०८०
  • होमपेज
  • दिलिप र बेनिशाको “सिमाना” गीतको भिडियो सार्वजनिक

दिलिप र बेनिशाको “सिमाना” गीतको भिडियो सार्वजनिक

दिलिप र बेनिशाको “सिमाना” गीतको भिडियो सार्वजनिक

लामो समय देखि जापान बस्दै आएका गाएक दिलिप जंग खत्रीले बिदेशमै रहेर पनि आफ्नो गाउने रहरलाई भने पुरा गराउदै आइरहेका छन्। जापानको बएस्त बसाईमा पनि दिलीपले गित गाउने कामलाई भने रोकेका छैनन्।

पछिल्लो समय मात्रै पनि दिलीपले सिमाना बोलको नयाँ गित सार्वजनिक गरेका छन्। दिलिपकै शब्द संगीत अनि स्वोर रहेको सिमाना बोलको गीतमा दिलिपलाई बेनिषा पौडेलले फिमेल भोकलमा साथ दिएकी छन।दिलिपले आफ्नो पार्ट जापानमै रेकर्ड गरेका हुन भने बेनिशाले नेपालमा। य

सै बीच दिलीपले आफ्नो गीतको भिडियो जापानमै खिचेका छन । भिडियोमा सुशील खत्री र अस्मिता सुबेदीको अभिनय रहेको छ। दुबैले भिडियोमा राम्रो काम गरेका छन।जापानका रमणीय दृश्यले भिडियोलाई थप राम्रो बनाएको छ।

नमस्ते टोक्यो जापानका लागि रोशन कार्कीले भिडियोको निर्देशन गरेका छन भने नेत्र गुरुंगले सम्पादन गरेको भिडियोलाई निर्देशक रोशन कार्की स्वॉमले छायाकन गरेका छन।

एक पटक खिचिएको भिडियोलाई प्राबिधिक कारणले गर्दा पुन दोराएर खिच्नु परेको थियो। जसकारण भिडियो निकै महँगो समेत बन्न पुगेको छ। तथापी यतिखेर भिडियो बनेकाले कुनै चित्त दुखाइ नरहेको दिलिप बताउछन।

 

ट्रेन्डिङ