सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेका स्थानीय तह योजना र बजेट बनाउन ब्यस्त, गठबन्धनको असर कति ?

काभ्रेका स्थानीय तह योजना र बजेट बनाउन ब्यस्त, गठबन्धनको असर कति ?

11330
Shares
काभ्रेका स्थानीय तह योजना र बजेट बनाउन ब्यस्त, गठबन्धनको असर कति ?

काभ्रेका स्थानीय तह आगामी आर्थिक वर्षको लागि योजना र बजेट निर्माणमा जुटेका छन । जिल्लाको १३ वटै पालिका योजना र बजेट निर्माणमा ब्यस्त भएका हुन् ।

जिल्लाका प्रायः जसो स्थानीय तहका वडाले वस्ती स्तरका योजना तर्जुमा गरिसकेका छन् । पालिकाहरुले वडागत रुपमा पाउने बजेट पठाइसकेका छन् । त्यसैको आधारमा वडा तहमा योजना तर्जुमा भएका हुन् ।

प्राथमिकताको आधारमा वस्ती स्तरबाट आएका योजना वडा हुँदै पालिका, प्रदेश र संघ सरकारसम्म पुग्ने छ । असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनु पर्ने संवैधानिक ब्यवस्था अनुसार जिल्लाका स्थानीय तहहरु नीति, कार्यक्रम तथा बजेट बनाउन लागेका हुन् ।

यो पटक जिल्लाको १३ वटै पालिकामा एउटै दलको नेतृत्व छैन् । यो पटक आर्थिक वर्षको अन्तिम अन्तिममा निर्वाचन मार्फत जनप्रतिनिधि आएकाले नीति, कार्यक्रम र बजेटमा दल गत असर त्यत्ति धेरै नपर्ने जानकारहरु बताउँछन ।

काभ्रेको बनेपामा प्रमुख कांग्रेस र उपप्रमुख एमालेबाट निर्वाचित हुनुहुन्छ । धुलिखेलमा प्रमुख एमाले र उपप्रमुख कांग्रेस, पनौती नगरपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख एमाले, पाँचखालमा कांग्रेसको प्रमुख, एमालेको उप्रमुख, नमोबुद्ध नगरपालिकामा प्रमुख कांग्रेसको, उपप्रमुख माओवादी केन्द्रको र नमोबुद्ध नगरपालिकामा प्रमुख नेकपा (एकीकृत समाजवादी) र उपप्रमुख कांग्रेसबाट निर्वाचित भएका छन ।

त्यस्तै भुम्लु, चौरीदेउराली, महाभारत र खानी खोला गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित भएका छन । बेथानचोक, रोशी र तेमाल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रबाट निर्वाचित भएका छन ।

जिल्लाको सबै स्थानीय तहमा फरक फरक पार्टीबाट निर्वाचित जनप्रतिनिधि नेतृत्वमा रहेकाले बजेटमा एकल पार्टीको जस्तो सहजता भने हुने छैन् । बनेपा, धुलिखेल, पनौती र पाँचखाल नगरपालिकामा एमाले कांग्रेसको नेतृत्व छ । यहाँ स्वाभाविक रुपमा नीति, कार्यक्रम र बजेट निर्माणमा असर पर्नेछ ।

बाँकी पालिकामा भने गठबन्धनको नेतृत्व रहेकाले यसै वर्ष ठूलो मतभेद नहुन सक्छ । तर यो असन्तुष्टि बाहिर देखिने गरी नआएपनि दल गत प्रभाव भने पर्ने छ । धेरै जसो गठबन्धनले जितेको पालिकामा प्रमुख जित्नेको बहुमत छैन् । यसो हुँदा बहुमतको दम्भ पनि प्रकट हुनेछ ।

यसअघि एउटै पार्टीबाट निर्वाचित हुँदा उपप्रमुखलाई बजेट निर्माणमा कुनै वास्ता नगर्ने गरेको गुनासो प्रशस्तै सुनिएको थियो । पालिका प्रमुखहरुले बजेट निर्माणमा ठाडो हस्तक्षेप गरेका थुप्रै गुनासो उपप्रमुखहरुबाट आएका थिए ।

यो पटक फरक दलबाट निर्वाचित भएकाले उपप्रमुख र उपाध्यक्षले आफ्नो अधिकार पूर्ण रुपमा प्रयोग गर्न खोजे भने पनि विवाद आउने सक्ने जानकारहरु बताउँछन ।

11330
Shares

ट्रेन्डिङ