सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • दाउदको १ खर्ब ५० अर्ब सम्पत्ति जफत

दाउदको १ खर्ब ५० अर्ब सम्पत्ति जफत

4255
Shares
दाउदको १ खर्ब ५० अर्ब सम्पत्ति जफत

भारतको मुम्बईमा भएको हमलाको मुख्य आरोपी दाउद इब्राहिमलाई भारतले मोस्ट वान्टेड सूचीमा राखेर खोजी गरे पनि आजसम्म फेला पार्न सकेको छैन । सन् १९९३ मा भएको बमकाण्डका प्रमुख योजनाकारको आरोप लागेका अण्डरवल्र्डका राजा मानिने दाउद डी कम्पनीका प्रमुख पनि हुन । उनले युएईमा होटल, सपिङमल, हाउजिङ लगायतका क्षेत्रमा ठूलो रकम लगानी गरेका छन् ।
एबीपीन्युजका अनुसार भारतीय राष्ट्रिय सल्लाहकार अजित डोवालको युएई भ्रमणमा उनले दाउदको सम्पत्ति जफत गर्न आग्रह गरेका थिए । उनको आग्रह अनुरुप युएई सरकारले दाउदको १ खर्ब ५० अर्ब बराबरको सम्पत्ति जफत गरेको छ ।
२०१६ मा भएको भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणको भेला प्रधानमन्त्री मोदीले दाउदको सम्पत्ती विवरण यूएई सरकारलाई बुझाएको थियो । साही विवरण अनुसार दाउदको १ खर्ब ५० अर्ब बराबरको सम्पत्ति जफत भएको हो ।
अन्डरबल्र्डका राजा दाउद पाकिस्तानमा लुकेर बसेको भारतीय पक्षले दाबी गर्ने गरेको छ भने पाकिस्तानले अस्विकार गर्दै आएको छ । उनी कुनै समय बलिउडमा एक हिस्सा पनि थिए । उनका नाममा बलिउडमा निकै चलचित्रहरु बनिसकेको छ ।
bigsale-690x100-pix-new

4255
Shares

ट्रेन्डिङ