सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बोलेर जीप दुर्घटना : एकको मृत्यु, चार जना घाइते

बोलेर जीप दुर्घटना : एकको मृत्यु, चार जना घाइते

7365
Shares
बोलेर जीप दुर्घटना : एकको मृत्यु, चार जना घाइते

सुर्खेत, ८ असार : सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै बोलेर जीप दुर्घटना भएको छ ।

वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्गलामा रहेको मौसमी राडरको मर्मतमा सकेर वीरेन्द्रनगरतर्फ फर्किदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखिमाथिको मोडमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बा१झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिव २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेशीमलका एसपी बिमल डाँगीले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा एक जनाको मृत्यु भए पनि उनको पहिचान खुलेको छैन । दुर्घटनामा चार जना घाइते छन् । उनीहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

7365
Shares

ट्रेन्डिङ