सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेमा कार र बस ठोक्किदा एक जनाको मृत्यु, तीन जना गम्भिर घाईते

काभ्रेमा कार र बस ठोक्किदा एक जनाको मृत्यु, तीन जना गम्भिर घाईते

65420
Shares
काभ्रेमा कार र बस ठोक्किदा एक जनाको मृत्यु, तीन जना गम्भिर घाईते

काभ्रे : काभ्रेमा कार र बस एक आपसमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

प्रहरिका अनुसार आज दिउँसो साँगाबाट बनेपातर्फ आउदै गरेको बा ३ ख २८४४ नम्बरको बस र बा ७ च १५४५ नम्बरको कार ठक्कर खाँदा दुर्घटना भएको हो।

मृत्यु हुनेमा कलंकी सितापाइला निवासी बर्ष ५५ का ध्रुब सापकोटाको निधन भएको हो । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक चक्र जोशीले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

65420
Shares

ट्रेन्डिङ