सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेको बनेपामा चट्पट,पानीपुरी बिक्रीमा रोक

काभ्रेको बनेपामा चट्पट,पानीपुरी बिक्रीमा रोक

39275
Shares
काभ्रेको बनेपामा चट्पट,पानीपुरी बिक्रीमा रोक

काभ्रेको बनेपा नगरपालिकाले हैजा नियन्त्रणका लागि चट्पट र पानीपुरी बिक्रीवितरणमा रोक लगाउने भएको छ ।

काठमाडौँ उपत्यकामा हैजा देखिएकाले बनेपा नगरको सबै वडामा फैलिन नदिन भोलि देखि पानीपुरी,चटपट,तथा सडकका दायाँबायाँ खानेकुरा ठेलामा राखि बिक्री गर्न रोक लगाइएको हो ।

बाटोबाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलिने हुँदा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाइएको नगरपालिकाले सूचना निकालेर जनाएको छ ।

नगरपालिकाले यो सूचनाको वेवास्ता गरि बिक्री वितरण गरे कारवाही गर्ने चेतावनी पनि दिएको छ । यो नियम अर्को व्यवस्था नहुदासम्मका लागि लागू हुनेछ ।
साथै यसबाट बच्न चर्पीमा मात्रै दिसा पिसाब गर्न,दिसापिसाब गरिसकेपछि साबुनपानीले मिचिमिचि हात धुन,बासी खानेकुरा नखान पनि नगरपालिकाले आग्रह गरेको छ ।

 

39275
Shares

ट्रेन्डिङ