सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रेस चौतारी काभ्रेले वृक्षारोपण गरेर सम्झियो मदन भण्डारीको जन्म दिन

प्रेस चौतारी काभ्रेले वृक्षारोपण गरेर सम्झियो मदन भण्डारीको जन्म दिन

3850
Shares
प्रेस चौतारी काभ्रेले वृक्षारोपण गरेर सम्झियो मदन भण्डारीको जन्म दिन

जननेता स्व. मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा प्रेस चौतारी काभ्रेले बृहत वृक्षारोपण गरेको छ । आज प्रेस चौतारी काभ्रेले बनेपा ६स्थित गोसाइथानमा बृहत वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।

वृक्षारोपण कार्यक्रममा प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी,नेकपा एमाले जिल्ला कमिटि सचिब राजन भुर्तेल,जिल्ला कमिटि उपसचिव राजकुमार सापकोटा,प्रेस चौतारीका महासचिव हिरामान लामा,प्रेस चौतारी बाग्मति प्रदेश उपाध्यक्ष रमा दाहाल,नेकपा एमाले जिल्ला प्रचार बिभाग उप प्रमुख भोजराज तिमल्सिना,प्रेस चौतारीका जिल्ला इन्चार्ज नवराज बजगाईँ,सह इन्चार्ज हरिश चन्द्र घिमिरे लगातको सहभागिता रहेको थियो ।

वृक्षारोपण कार्यक्रममा कल्कि मसला लगायत बिभिन्न प्रजातिका १०० बढि बिरुवा रोपिएको प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझीले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले जिल्ला कमिटि सचीव भुर्तेलले मदन भण्डारी युगिन नेता भएको भन्दै उनको बिचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।
जननेता मदन भण्डारीले ल्याएको जनताको बहुदलीय जनवादकै कारण नेपालमा कम्युनिस्ट आन्दोलनले उचाइ पाएको उनको भनाई छ ।

भण्डारीले शिक्षा र स्वास्थ्य सबै नागरिकका लागि सर्वसुलभ बनाउनुपर्छ भन्दै लैंगिक र सामाजिक समावेशीकरणका मुद्दामा काम गर्नुपर्ने विचार प्रतिपादन गरेको उनले बताए ।समाज रुपान्तरणमा मदनका बिचार युग युग बाच्ने पनि भुर्तेलले बताए ।

भण्डारीको जन्म २००९ साल असार १४ गते पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो ।बहुदलीय जनवादका ब्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय गाडी दुर्घटनामा मृत्यु भएको थियो ।

उनीसँगै गाडिमा सवार तत्कालीन एमालेको संगठन विभाग प्रमुख जीवराज आश्रितको शव गाडीमै भेटिएको थियो भने भण्डारीको शव घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तीन दिनपछि भेटिएको थियो ।

 

3850
Shares

ट्रेन्डिङ