सबैको समाचार
बुधबार, साउन २५, २०७९
  • होमपेज
  • काभ्रेमा बस दुर्घटना अपडेट: एक जनाको मृत्यु, ४० जना घाइते

काभ्रेमा बस दुर्घटना अपडेट: एक जनाको मृत्यु, ४० जना घाइते

काभ्रेमा बस दुर्घटना अपडेट: एक जनाको मृत्यु, ४० जना घाइते

काभ्रेको बनेपामा बस दुर्घटना भएको छ । बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । मृत्यु हुनेमा भक्तपुरको लोकन्थली घर भएकी ५३ वर्षीया लेख कुमारी बस्नेत छिन् ।

बनेपा नगरपालिका वडा नम्बर ११ मा स्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको कर्मचारी बाेकेको बा १ क ५७४७ नम्बरको बस आज दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको उपचार शिर मेमोरियलमा २१ जना , भोमी हस्पिटलमा ७ जना,  धुलिखेल अस्पतालमा ८ जना र केहीको अपाङ बाल अस्पतालमै उपचार  भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले जानकारी दिए।

अस्पतालबाट निस्केको केही समयमा नै बस दुर्घटनामा परेको थियो । बस बाइकलाई साइड दिने क्रममा सडकको डिल भासिएपछि खसेको प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका