सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेको भुम्लुमा उपाध्यक्ष दावाको एक्सनः मापदण्ड विपरित संरचना भत्काइए

काभ्रेको भुम्लुमा उपाध्यक्ष दावाको एक्सनः मापदण्ड विपरित संरचना भत्काइए

19350
Shares
काभ्रेको भुम्लुमा उपाध्यक्ष दावाको एक्सनः मापदण्ड विपरित संरचना भत्काइए

काभ्रे : भुम्लु गाउँपालिकाका उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक जितेन्द्र मान तामाङ (दावा) ले आफ्नो अधिकारलाई पूर्ण रुपमा ब्यवहारमा देखाउन थाल्नुभएको छ ।

गाउँपालिकाभित्र सञ्चालनमा रहेका सबै किसिमका विकास निर्माणको अनुगमन गर्ने जिम्मा पाउनुभएका उपाध्यक्ष तामाङले मापदण्ड भन्दा विपरित निर्माण भएका संरचना भत्काउनुभएको छ ।

अनुगमनको क्रममा भुम्लु गाउँपालिका वडा नम्बर ९ ज्याम्दी पुग्नुभएका उपाध्यक्ष तामाङले सडकको पक्की नाली (ड्रेन) मापदण्ड विपरित रहेको पाइएपछि भत्काउन लगाउनुभएको हो । उपाध्यक्ष तामाङ प्राविधिक सहित अनुगमनका लागि पुग्नुभएको थियो ।

आर्थिक वर्षको अन्तिम महिनामा आइपुग्दा योजनाको बजेट सकाउन विकास योजनाहरुमा मापदण्ड पालना नहुने गरेको भन्दै उपाध्यक्ष तामाङले भत्काइएको संरचना मापदण्ड अनुसार पुनः निर्माण गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ ।

उपाध्यक्ष तामाङले ठेकेदार र निमार्णमा सहभागि मजदुरलाई आफ्नो पालिकाभित्र निर्माण भैरहेका कुनै पनि काममा मापदण्ड विपरित नगर्न निर्देशन दिनुभएको छ । यो सडक बागमती प्रदेश सरकार र गाउँपालिकाको आधा आधा आर्थिक लगानीमा निर्माण भइरहेको छ ।

 

 

19350
Shares

ट्रेन्डिङ