सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • स्वास्थ्य मन्त्री थापाद्वारा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान निरीक्षण

स्वास्थ्य मन्त्री थापाद्वारा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान निरीक्षण

4975
Shares
स्वास्थ्य मन्त्री थापाद्वारा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान निरीक्षण

माननीय रक्षा मन्त्री श्री बालकृष्ण खाण र माननीय स्वास्थ्य मन्त्री गगन कुमार थापाद्वारा नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालको निरीक्षण भ्रमण गर्नुभएको छ । सोही अवसरमा माननीय रक्षा मन्त्री बालकृष्ण खाणद्वारा भण्डारखालस्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको समेत निरीक्षण भ्रमण गर्नुभएको छ ।

स्थलगत निरीक्षणको क्रममा वँहाहरुले वीरेन्द्र अस्पताल तथा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको बस्तुस्थितिबारे जानकारी हाँसिल गर्नुभएको थियो ।

यसअघि सैनिक स्वास्थ्य महानिर्देशक उपरथी डा.किशोर जंग राणाले नेपाली सेनाले स्वास्थ्य सेवा सम्बन्धी गरिरहेको कार्यहरु तथा योगदानको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । त्यसैगरी, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्राध्यापक उपरथी डा.बच्चुराम के.सी.(अ.प्रा.)ले स्वास्थ्य शिक्षा क्षेत्रमा नेपाली सेनाले गरिरहेको कार्यहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

यस प्रकारको उच्चस्तरीय भ्रमणबाट नेपाली सेनाले स्वास्थ्य क्षेत्रमा गरिरहेको कार्यमा प्रोत्साहन मिल्न गई हौसलाको साथ कार्य गर्न थप ऊर्जा मिल्ने विश्वास नेपाली सेनाले लिएको छ ।

उक्त भ्रमण दलमा प्रधान सेनापति महारथी राजेन्द्र क्षत्री, रक्षा सचिव श्रीधर सापकोटा, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

4975
Shares

ट्रेन्डिङ