सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा रातपरेपछि बालुवा उत्खनन् तीब्र

काभ्रेमा रातपरेपछि बालुवा उत्खनन् तीब्र

23950
Shares
काभ्रेमा रातपरेपछि बालुवा उत्खनन् तीब्र

काभ्रेको दुई नदी, इन्द्रावती र सुनकोशीमा मापदण्ड विपरित बालुवा उत्खनन भइरहेको पाइएको छ ।

दुबै नदीमा मापदण्ड विपरित बालुवा उत्खनन भएपनि प्रशासन भने चुप लाग्ने गरेको स्थानीयले बताएका छन । प्रहरीकै मिलेमत्तोमा रातको समयमा बालुवा धमाधम उत्खनन भैरहेको दोलालघाटका स्थानीयहरु बताउँछन ।

बर्खाको समयमा दिउँसो पनि नदीमा स्काभेटर प्रयोग गरेर बालुवा झिक्न पाइदैँन । तर रातको समयमा इन्द्रावती र सुनकोशी नदिमा स्काभेटर प्रयोग गरेर बालुवा उत्खनन गर्ने काम तीब्रता रुपमा भैरहेको स्थानीयले बताएका छन ।

‘सबै जसो बगरमा स्काभेटर प्रयोग गरेर बालुवा उत्खनन भैरहेको छ । प्रहरीलाई खबर गर्यो भने पनि कारबाही हुँदैन् । हामी टुलुटुलु हेरेर बस्नुको विकल्प छैन् । बर्खाको बेला नदीभित्रै स्काभेटर हालेर बालुवा धमाधम उत्खनन भैरहेको छ । रोक्ने कस्ले । दोलालघाटका एक स्थानीयले भने ।’

खास गरी भुम्लु गाउँपालिका अन्तर्गतको इन्द्रावती र सुनकोशी बगरमा अहिले रातको समयमा धमाधम बालुवा उत्खनन भैरहेको स्थानीयले बताएका छन । भुम्लु गाउँपालिकाका यी दुई नदीमा गरी कम्तीमा १० वटा बगर छन ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले रातको समयमा बालुवा उत्खनन भैरहेको सूचना पाउन साथ आफुले प्रशासनलाई रोक्नका लागि आग्रह गरेको बताउनुभयो ।

‘रातको समयमा इन्द्रावती र सुनकोशी नदी क्षेत्रमा बालुवा उत्खनन भैरहेको भन्ने सूचना आउन साथ प्रहरीलाई त्यस्तो काम तत्काल रोक्न भनेको छु । पुनः दोहोरिए प्रचलित कानुन बमोजिम कारबाही हुन्छ । बर्खाको बेला खोला र नदीबाट यसरी बालुवा झिक्न पाइदैँन । जिसस प्रमुख गौतमले भन्नुभयो ।’

 

23950
Shares

ट्रेन्डिङ