सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बस दुर्घटना अपडेट :९ जनाको घटनास्थलमै मृत्यु

बस दुर्घटना अपडेट :९ जनाको घटनास्थलमै मृत्यु

8675
Shares
बस दुर्घटना अपडेट :९ जनाको घटनास्थलमै मृत्यु

२१ असार, काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज बिहान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । २४ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा ५ पुरुष र ४ महिलाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा उद्धार कार्यमा सक्रिय सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट चौलागाईंले जानकारी दिइन् ।

उनका अनुसार २१ जना घाइतेलाई गाडीमा राखेर काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ । गम्भीर घाइते ३ जनालाई भने हेलिकोप्टरबाट काठमाडौं पठाइएको उनले जानकारी दिइन् ।

 

8675
Shares

ट्रेन्डिङ