सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रामेछाप बस दुर्घटनाका घाइतेको उपचारका लागि काभ्रे कांग्रेसको अग्रसरता

रामेछाप बस दुर्घटनाका घाइतेको उपचारका लागि काभ्रे कांग्रेसको अग्रसरता

35385
Shares
रामेछाप बस दुर्घटनाका घाइतेको उपचारका लागि काभ्रे कांग्रेसको अग्रसरता

रामेछाप जिल्लामा आज भएको बस दुर्घटनाका घाइतेको उपचारमा काभ्रे कांग्रेसले अग्रसरता लिएको छ ।

नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति तीर्थ लामा सहित कांग्रेस काभ्रेका नेताहरुको टोलीले धुलिखेल अस्पतालमा पुगेर घाइतेहरूको अवस्था बुझेको हो । बस दुर्घटनाका अधिकांश घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

कांग्रेस काभ्रेका नेताहरुले धुलिखेल अस्पतालमा उपचार सम्भव नभएका घाइतेलाई अन्य अस्पतालमा रिफरका लागि समेत पहल गरेका छन । संविधानसभा सदस्यसमेत रहेका जिल्ला सभापति लामा, प्रमुुख जिल्ला अधिकारी हुमकला पाण्डे, काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशी, कांग्रेस जिल्ला सदस्य चेत लामा, कांग्रेस तेमाल गाउँपालिका सभापति ज्ञानबहादुर लामालगायतको टोलीले घाइते र आफन्तहरूलाई भेटेर सान्त्वना दिँदै उपचारमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन ।

रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नम्बर ३ हिलेदेवीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ख ८३९६ नम्बरको यात्रुबाहक बस आज बिहान खाँडादेवी गाउँपालिकाको वडा नम्बर १ लुभुघाटमा दुर्घटना भएको थियो।

बस सडकको मोडबाट करिब सय मिटर तल खस्दा नौजनाको घटनास्थलमै मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए। दुर्घटना भएको बसमा रामेछाप र काभ्रेका यात्रु सवार रहेका थिए। घाइतेलाई हेलिकोप्टर, एम्बुलेन्स र जिपमार्फत धुलिखेल अस्पताल ल्याइएको थियो । हालसम्म बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ।

35385
Shares

ट्रेन्डिङ