सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • ‘मनसुन ब्रेक’ : अबको एक दुई दिन कस्तो रहला मौसम ?

‘मनसुन ब्रेक’ : अबको एक दुई दिन कस्तो रहला मौसम ?

14145
Shares
‘मनसुन ब्रेक’ : अबको एक दुई दिन कस्तो रहला मौसम ?

काठमाण्डौ, २२ असार : काठमाण्डौसहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । हल्का वर्षा भए पनि गर्मी बढेको छ । मौसमविद् हिरा भट्टराईका अनुसार अहिले ‘मनसुन ब्रेक’ भएको छ ।

‘यस्तो बेला मनसुनी गतिविधि कम हुन्छ । गर्मीको समय भएकाले मनसुनी गतिविधि कम हुनासाथ गर्मी बढ्छ’ उहाँले भन्नुभयो । अबको एक दुई दिन देशका धेरै ठाउँको मौसम यस्तै रहने पनि उहाँले जानकारी दिनुभयो । मनसुनको समयमा हुने मौसम सम्बन्धी यस्ता गतिविधि सामान्य नै रहेको मौसमविद् भट्टराईले बताउनुभयो ।

आज धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना भने छ तर पनि गर्मी भने बढ्ने मौसमविद् भट्टराईले बताउनुभयो । काठमाण्डौमा बिहान हल्का पानी परेको थियो । एक दुुई दिन धेरै ठाउँमा हल्का मात्रै पानी पर्ने अनुमान गरिएको छ । गण्डकी र सुदूरपश्चिमका एक दुई ठाउँमा भने हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

 

14145
Shares

ट्रेन्डिङ