सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रामेछापका मनकारी रोशन, जन्मदिनमा गरे असाहयलाई सहयोग

रामेछापका मनकारी रोशन, जन्मदिनमा गरे असाहयलाई सहयोग

6905
Shares
रामेछापका मनकारी रोशन, जन्मदिनमा गरे असाहयलाई सहयोग

रामेछापको मन्थली नगरपालिका १० चनखुका युवा रोशन चौहानले वृद्धवृद्धालाई भोजन गराएर आफ्नो जन्मदिन मनाएका छन् ।

आफ्नो जन्मदिनको अवसरमा चौहानले काठमाण्डौमा रहेको नवजिवन परोेपकार समाजमा रहेका वृद्धवृद्धालाई भोजन गराएका हुन् । चनखुमा जन्मिएर दक्षिण कोरियालाई कर्मथलो बनाएका उनले दाई कृष्ण चौहानको सहयोगमा नवजिवन परोेपकार समाजका परिवारलाई आज बिहानको खाना र केहिदिनका लागि खाद्यान्नमा खर्च हुने आर्थिक सहयोग गरेका हुन् ।

उनले आफ्नो हरेक जन्मदिन वृद्धवृद्धा र दीन दुखीसंग मनाउने गरेका छन् ।

संस्था स्थापनाअघिबाटै सामाजिक कार्य गर्दै आएका सामाजिक अभियान्ता दुर्गानाथ दाहाल लगायतको पहलमा स्थपाना भएको नवजीवन परोपकार संस्थाले असहाय, अपाङ्ग तथा साहाराबिहीन मानव तथा पशुपंछीहरूको उद्दार,उपचार र आश्रय दिदैं आएको छ।

आजै जन्मदिनको अवसरमा उनले मुटुरोगी चनखुकी खुरा‌‌ कुमारी बोहोरालाई पनि आर्थिक सहयोग गरेका छन् ।

मुटुमा मासु पलाएपछि बोहोरालाई अप्रेशनका लागि गंगालाल अस्पतालमा भर्ना गरिएको छ । अपरेसन गर्न रकम अभाव भएपछि रकम संकलन गरिदिन आफन्तजनले आग्रह गरेका थिए ।

सहयोगी भावना भएका चौहानले जन्मदिनको अवरसमा बोहोरालाई १५ हजार रुपैँया आर्थिक सहयोग गरेका हुन् । उक्त सहयोग इन्द्रावती जनजागरण युवा क्लबको सहजीकरणमा पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

आफुलाई केक काटेर जन्मदिन मनाउने रहर कहिल्यै नभएको भन्दै चौहानले फजुल खर्च गर्नुभन्दा वृद्धवृद्धा र दीन दुखीलाई खुसी बनाउन आफूले सकेको सहयोग गरेको बताए ।

आफुलाई केक काट्न भन्दा सामाजिक कार्यमै रुचि भएकाले पनि सहयोगको भावना आएको चौहानले बताए । अघिल्लो वर्षपनि आफ्नो जन्मदिनमा रोशन चौहन र कृष्ण चौहानले मृगौला पीडितलाई आर्थिक सहयोग गरेका थिए ।

सहयोग गर्ने अवसर मिलाएकोमा नवजीवन परोपकार समाजलाई उनले धन्यवाद दिएका छन । जन्मदिनको अवसरमा आफूले यसरी सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन् । साथै जन्मदिनको अवसरमा शुभकामना दिने सम्प्र्णमा धन्यवाद ज्ञापन गरेका छन् ।

6905
Shares

ट्रेन्डिङ