सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मन्थली ८ मा एक वडा एक रेबिज रोग तथा स्थलगत परजीवी नियन्त्रण शिविर सम्पन्न

मन्थली ८ मा एक वडा एक रेबिज रोग तथा स्थलगत परजीवी नियन्त्रण शिविर सम्पन्न

4560
Shares
मन्थली ८ मा एक वडा एक रेबिज रोग तथा स्थलगत परजीवी नियन्त्रण शिविर सम्पन्न

रामेछापको मन्थली नगरपालिका वडा नं ८ मा एक वडा एक रेबिज रोग तथा स्थलगत परजीवी नियन्त्रण शिविर सम्पन्न भएको छ ।

शिविर मन्थल िनगरपालिका पशु सेवा शाखा मन्थली रामेछापको आयोजना तथा नेपाल पारा भेटेनरी एण्ड लाइभष्टक एसोशियसन जिल्ला कार्य समिति रामेछापको सहकार्यमा सम्पन्न भएको हो । वडा अध्यक्ष गोपाल श्रेष्ठ लगायतको उपस्थितिमा समपन्न शिविरबाट १ सय १२ घरधुरिले सेवा लिएका छन् ।

जसमा ६५ घर पालुवा कुकुर,७ सय ३२ बाख्रा, ३ सय २७ कुखुरा,३५ गाई भैँसीमा निशुल्क खोप लगाइएको छ ।

त्यस्तै परजिबी विरुद्धको औसधी वितरण र पशुपन्छि उपचार सेवा तथा ३५ घरपरिवारमा सुपर नेपियर सेट्स बितरण गरिएको आयोजकले जनाएको छ ।

4560
Shares

ट्रेन्डिङ