सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पनौती उद्योग वाणिज्य संघको अध्यक्षमा भोला थापा निर्वाचित

पनौती उद्योग वाणिज्य संघको अध्यक्षमा भोला थापा निर्वाचित

3995
Shares
पनौती उद्योग वाणिज्य संघको अध्यक्षमा भोला थापा निर्वाचित

काभ्रे : पनौती उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः भोला थापा निर्वाचित भएका छन् । शनिवार सम्पन्न प्रथम अथिवेशनले थापालाईनै पुनः अध्यक्ष बनाएको हो ।

अघिवेशनले वरिष्ठ उपाध्यक्षमा सुदर्शन सुवेदीलाई निर्वाचित गरेको छ भने वाणिज्य तर्फको उपाध्यक्षमा अन्जु रञ्जित केसी र उद्योग तर्फको उपाध्यक्षमा पुनम लामा जंगमलाई निर्वाचित गरेको छ।

सचिवमा महेश पौडेल निर्वाचित भएका छन् । सह-सचिवमा इ. सितु सैजु, कोषाध्यक्ष सुभाष राज बन्जारा निर्वाचित भएका छन् ।

पनौती उद्योग वाणिज्य संघको सदस्यहरुमा राजेशकुमार श्रेष्ठ, उत्तम फाँछि श्रेष्ठ, रविन्द्र हुमागाई, ज्ञान वहादुर लामा, विमला देवी श्रेष्ठ, पुरुषोत्तम कर्माचार्य र ममता भारती निर्वाचित भएका छन्।

3995
Shares

ट्रेन्डिङ