सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रुखमा झुण्डिएको अवस्थामा काभ्रेका २ जनाको शव भेटियो

रुखमा झुण्डिएको अवस्थामा काभ्रेका २ जनाको शव भेटियो

20550
Shares
रुखमा झुण्डिएको अवस्थामा काभ्रेका २ जनाको शव भेटियो

कास्कीको अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरी भन्ने स्थानको जंगलमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।

उनीहरुको साथमा भएको नागरिकता, पासपोर्ट लगायतका कागजपत्रको आधारमा उनीहरु काभ्रेको बनेपा नगरपालिका–१ का २८ वर्षीया सुदिना कर्माचार्य र ३२ वर्षीय दिवाकर थापा रहेको खुलेको प्रहरीले जनाएको छ ।

घाँस काट्न गएको बेला स्थानीयले रुखमा झुण्डिएको शव देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी स्रोतका अनुसार शव केही दिन पुरानो देखिन्छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

शवबारे आइतबार राति नै खबर आएपनि सोमबारमात्रै त्यहाँ पुगेर पोखरा ल्याउन सकिएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू भारत जाने भन्दै घरबाट हिँडेको खुलेको डिएसपी सुन्दर तिवारीले जानकारी दिए । तर, भारत नगई पोखरा आएर कास्कीकै अन्नपूर्ण गाउँपालिका क्षेत्रका होटलमा बसेको खुलेको प्रहरीले जनाएको छ ।

 

20550
Shares

ट्रेन्डिङ