सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जिल्ला समन्वय समिति काभ्रेद्धारा निवर्तमान तथा वर्तमान जनप्रतिनिधि सम्मानित

जिल्ला समन्वय समिति काभ्रेद्धारा निवर्तमान तथा वर्तमान जनप्रतिनिधि सम्मानित

12815
Shares
जिल्ला समन्वय समिति काभ्रेद्धारा निवर्तमान तथा वर्तमान जनप्रतिनिधि सम्मानित

काभ्रे: जिल्ला समन्वय समिति काभ्रेले जिल्लाका निवर्तमान तथा वर्तमान जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । धुलिखेल स्थित एक होटलमा कार्यक्रमको आयोजना गर्दै जिल्ला समन्वय समितिले जनप्रतिनिधिलाई सम्मान तथा शुभकामना व्यक्त गरेको हो ।

जिल्लाका १३ वटै पालिकाका निवर्तमान र वर्तमान जनप्रतिनिधीहरुलाई एकैसाथ सम्मान गरिएको हो । देश संघिय संरचनामा गएपछि देशमा दुई पटक स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले जिल्लाका सम्पुर्ण जनप्रतिनिधीहरुसंग समन्वय गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले कभ्रेली जनताले निर्वाचित जनप्रतिनिधिप्रति ठूलो अपेक्षा गरेको र त्यो कुनै पनि हालतमा पूरा गर्नुपर्नेमा जोड दिदै जनताको अपेक्षा पूरा गर्न नसके आगामी पुस्ताले धिकार्ने समेत बताए ।

जिल्लाको विकासका लागी सम्पूर्ण दल एकताबद्ध भएर लाग्नुपर्नेमा पनि उनले जोड दिए । उनले गत स्थानीय तह निर्वाचन सफल पार्न सहयोग गर्ने सम्पूर्ण निकायलाई धन्यवाद समेत व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख उद्धव केसीले निर्वाचित सबैलाई सफल कार्यकालको शुभकामना दिदै आफूलाई जस्तै वर्तमान प्रमुखलाई पनि सहयोग गर्न निर्वाचित जनप्रतिनिधीलाई आग्रह गरे ।

कार्यक्रममा स्थानीय तह निर्वचन २०७९ लाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै जिल्ला प्रशासन कार्यालय प्रमुख हुमकला पाण्डे,जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी चक्रराज जोशी,जिल्ला अदालतका न्यायधिश तथा जिल्ला निर्वाचन अधिकृत मोहनराज भट्टराई र नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनालाई समेत जिल्ला समन्वय समिति काभ्रेले सम्मान गरिएको छ ।

 

12815
Shares

ट्रेन्डिङ