सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रामेछापको चिसापानी गढीमा सोलार जडान

रामेछापको चिसापानी गढीमा सोलार जडान

5620
Shares
रामेछापको चिसापानी गढीमा सोलार जडान

स्थानीय तहको निर्वाचन सम्पन्न भएको झण्डै दुई महिना भएको छ । देश संघिय संरचनामा गएपछि दोस्रो पटक भएको निर्वाचनबाट चुनिएका जनप्रतिनिधी निकै व्यस्त देखिन थालेका छ ।

यसै चुनावबाट निर्वाचित भएका रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ८ का वडा अध्यक्ष गोपाल श्रेष्ठ पनि दिनरात नभनी वडाबासीको सेवा र वडा विकासका लागि लागिपरेका छन् । निर्वाचित भएदेखीनै सडक लगायतका पूर्वाधारको क्षेत्रमा खटिदै आएका श्रेष्ठको पहलमा वडामा राम्रो काम हुँदै आएको छ ।

कृषि,खानेपानी,शिक्षा स्वास्थ्य र पर्यटन क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेर निर्वाचनमा होमिएका श्रेष्ठले आफ्नो बचनबद्धता अनुसार काम गर्दै आएका छन् । पर्यटकीय स्थलको रुपमा रहेको भिमसेन स्थान र चिसापानी गढीमा पर्यटनको धेरै आवागमन गराउन उनै छुट्टै योजना बनाएर अगाडी बढ्ने बताए ।

आज मात्रै मन्थली नगरपालिकाको सहयोग र वडाको व्यवस्थापनमा चिसापानी गढी र नेवार समुदायको साँस्कृतिक कार्यक्रम हुँदै आएको ठूलो चौरमा सोलार बत्ति जडान गरिएको छ । पर्यटकीय स्थलको व्यवस्थापनका लागी सोलार जडान गरिएको उनले जानकारी दिए ।

चिसापानी गढीमा नेपाली र अग्रेजबिच युद्ध भएको र त्यहाँ रहेका गोर्खालीका चिनो र भंनावशेषलाई संरक्षण गर्दै पर्यटक भित्र्याउन आकर्षक बनाइएको छ ।
उनी निर्वाचित भएपछि रामेछाप जिल्लामै पहिलो पटक स्थानीय तहको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै विद्यार्थीसंग स्वास्थ्यकर्मी कार्यक्रम लगायत अन्य थुप्रै काम भइसेका छन् ।

5620
Shares

ट्रेन्डिङ