सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • भुम्लुको घट्टेखोला देखि सल्ले सम्म वृक्षारोपण सुरु

भुम्लुको घट्टेखोला देखि सल्ले सम्म वृक्षारोपण सुरु

4530
Shares
भुम्लुको घट्टेखोला देखि सल्ले सम्म वृक्षारोपण सुरु

काभ्रे । काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले घट्टेखोलादेखि सल्लेसम्म वृक्षारोपण अभियान सुरु गरेको छ । महिनाको एकदिन सार्वजनिक श्रम अभियान अन्तर्गत आज बुधबार वृक्षारोपण गरिएको हो ।

श्रम अभियानको पहिलो दिन दोलालघाट सल्ले सडक अन्तर्गत घट्टेखोला, डुम्रे खण्डमा सडकको दायाँबायाँमा रहेको अनावश्यक झाडीहरुलाई सफा पारिएको थियो भने आज कल्की जातको बिरुवा वृक्षारोपण गरी श्रम अभियानलाई निरन्तरता दिएको छ ।

श्रम अभियान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्षहरु, कर्मचारीहरु, विभिन्न संघसंस्थाहरु, नागरिक समाज र राजनीतिक दल लगायतको प्रतिनिधिहरु सहभागिता रहेको थियो ।

गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलका अनुसार महिनाको एकदिन सार्वजनिक श्रम अभियान आज भुम्लु गाउँपालिकाको घट्टेखोलादेखि सल्लेसम्मको कालोपत्रे सडकको दायाँबायाँ वृक्षारोपण अभियान सुरु गरेको बताउनुभयो ।

अध्यक्ष भुजेलका अनुसार श्रम अभियान अन्तर्गत आगामी दिनहरुमा पनि पालिकाभित्र रहेको पाटी, पौवा, सडक, सार्वजनिक स्थल सरसफाई गर्ने बताउनुभयो ।
अभियानमा उपस्थित भएकाहरुले पालिकाले यो शुरु गरेको अभियान राम्रो रहेको बताउँदै अभियानमा साथ दिन बताए । गाउँपालिकाले महिनाको एकदिन बिदाको दिन पारेर श्रम अभियान गर्ने जनाएको छ ।

4530
Shares

ट्रेन्डिङ