सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा बदेल आतंक, किसान चिन्तित

काभ्रेमा बदेल आतंक, किसान चिन्तित

27980
Shares
काभ्रेमा बदेल आतंक, किसान चिन्तित

काभ्रे धुलिखेल नगरपालिका नगरपालिका वडा नम्बर २ रबिमा जंगली बदेलको आतंक फैलिएको छ । बदेलले खेतीबाली नष्ट गर्न थालेपछि किसान चिन्तित भएका छन ।

किसानले लगाएको मकै, धान, आलु, लगायत रबिका किसानका मुख्य आम्दानी हुने बालीमै बदेलले नष्ट गरेपछि किसान चिन्तित भएका हुन् । बालीसंगै मान्छे समेत आक्रमण गर्ने भयमा स्थानीय ठाकुर गेलालले बताउनुभयो ।

धुलिखेल वडा नम्बर २ का किसान बलराम चौलागाईंले बदेंलका कारण खेती नष्टसंगै एक्लै खेत बारीमा जानलाई समेत बदेंलको डर मान्नु पर्ने अवस्था रहेको बताउनुभयो । राजन हुमागाइले छोरा छोरीलाई घाँस दाउरा गर्न पठाउन पनि डराउनु पर्ने अवस्था रहेको बताउनुभयो ।

प्रल्हाद गेलालले जंगली बदेल ७ देखि ११ ओटासम्मको बथानमा हिड्ने गरेको बताउनुभयो । रविका किसानले आफुहरुको समस्या सामाधानका लागि वडा, नगर, जिल्ला प्रशासन कार्यालयले समयमै नियन्त्रणका लागि पहल गरिदिन आग्रह गरेका छन ।

27980
Shares

ट्रेन्डिङ