सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • भिरबाट लडेर किशोरको मृत्यु

भिरबाट लडेर किशोरको मृत्यु

5410
Shares
भिरबाट लडेर किशोरको मृत्यु

बैतडी, २९ असार : भिरबाट लडेर बैतडीमा आज एक १७ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्युु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–२ चडेखानका १७ वर्षीय वीरेन्द्र बोहरा रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

बाख्रा चराउन गएका बोहराको आज दिउँसो १२ बजे स्थानीय छत्यौडा भन्ने भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । बोहराको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । बोहरा निङ्लाशैनी मावि देहिमाडौँमा कक्षा १२ मा अध्ययनरत थिए ।

5410
Shares

ट्रेन्डिङ